इराकी आक्रमणले ३४ अमेरिकी सेनाको मस्तिष्कमा आघात पुगेको खुलासा

इराकी आक्रमणले ३४ अमेरिकी सेनाको मस्तिष्कमा आघात पुगेको खुलासा

काठमाडौ । इरानले इराकस्थित अमेरिकी ठेकानमा गरेको आक्रमणमा ३४ अमेरिकी सेनाको मस्तिष्कमा गम्भीर आघात पुगेको खुलासा भएकोछ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले परीक्षणबाट यस्तो जानकारी प्राप्त भएको जनाएको छ ।

१७ जना अमेरिकी सेनाको चिकित्सा परीक्षण अन्तर्गतको निगरानी अझै रहेको सो मन्त्रालयका एक प्रवक्ताले जनाएका छन् । इरानको जनरललाई अमेरिकाले मारेपछि ८ जनवरीमा गरिएको सो प्रत्याक्रमणमा कुनै पनि अमेरिकी घाइते नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका थिए ।

तर गत साता पेन्टागनले ११ सेनाको परीक्षण भइरहेको जनाएको थियो । स्विटजरल्यान्डको डाभोसस्थित द वल्र्ड इकोनोमिक फोरममा सहभागी हुन पुग्दा इरानले गरेको सो आक्रमणका बारेमा देखिएको मतभेदका बारेमा सोधिएको प्रश्नको जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने “मैले उनीहरूलाई टाउको दुखेको सुनेको छु । त्यो धेरै गम्भीर छ भन्ने मलाई लाग्दैन् ।”