सोयाबिन तेल खानु हुन्छ होसियार,मानसिक रोगी बनाउन सक्छ
काठमाडौ । अमेरिकामा लोकप्रिय सोयाबिन खाने तेलमा अल्जाइमर पार्किसन र अस्टिमजस्ता मानसिक रोग निम्त्याउन सक्ने तत्व फेला परेको छ । स्वास्थ्यका लागि वैकल्पिक खाने तेलको रूपमा प्रयोग गरिने सोयाबिन तेलको नयाँ अध्ययनमा यस्तो फेला परेको छ ।
मुसाको मस्तिष्कमा गरिएको अध्ययबाट नशासम्बन्धी गतिविधिमा यो तेलले परिवर्तन पारेको र यसले मानिसमा मानसिक समस्या ल्याउन सक्ने देखिएको अध्ययनमा उल्लेख गरिएको छ ।
सोयाबिनको बिउबाट निकालिने यो तेलको प्रयोग फास्टफुड देखि जनवारसम्मलाई खुवाउन गरिन्छ । अझ शिशुहरुको लागि पनि अमेरिकामा सोयाबिन तेलको प्रयोग हुन्छ । अमेरिकाको म्याकडोनाल्ड, पिज्जा हट जस्ता खानेकुरा बनाउने पसलमा यो सोयाबिनको प्रयोग गरिन्छ ।
युनिभर्सिटी अफ क्यालिफोर्निया रिभरसाइडको एक अनुसन्धान टोलीले सोयाबिन तेलको असरबारे केही वर्षदेखि अध्ययन गर्दै आएको हो । यो अध्ययन इनडोक्रिनोलजी नामक वैज्ञानिक पत्रिकामा छापिएको छ ।
मुसालाई सोयाबिन खुवाउँदा उसको मस्तिष्कको हापोथालामस क्षेत्रमा असर गर्न थाल्छ । यो क्षेत्र मुड र व्यवहारलाई नियमन गर्ने मुख्य भाग मानिन्छ । अझ बढी चिन्ताको विषय भनेको माया प्रेमको हार्मोन ओक्सिटोसिनको स्तरलाई हाइपोथालामसमा घटाएको पाइयो ।
यस्तै चिन्ता, निराशा र सिजोफ्रेनियाजस्ता रोगको कारण बन्ने जीनलाई पनि असर पार्ने गरेको पाइएको छ । यो अनुसन्धानका अगुवा लेखक पूनामजोत देओलले सोयाबिन तेलको उपभोग घटाउनु नै राम्रो हुने बताएकी छिन् ।
प्रतिक्रिया