कोरोना भाइरसको उपचार गर्ने डाक्टरको हुबेइमा मृत्यु

कोरोना भाइरसको उपचार गर्ने डाक्टरको हुबेइमा मृत्यु

काठमाडौ । चीनमा कोरोना भाइरसको प्रकोपबाट मानिसको जीवन बचाउने कार्यक्रमा क्रियाशील एक डाक्टरको मृत्यु भएको छ ।यो भाइरस फैलिएको मुख्य ठाउँ हुबेइमा मानिसको ज्यान बचाउन अग्रपंक्तिमा क्रियाशील ६२ वर्षीय डाक्टर लियाङ उदोङको मृत्यु भएको हो ।

उनी चिनियाँ राज्य उहानको हुबेइमा लियाङ क्रियाशील रहेका अवस्थामा उनको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।अहिलेसम्म यो भाइरसबाट मर्नेको संख्या ४१ पुगेको छ ।

यसैगरी नेपालमा पनि  कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

सरकारले यसको रोकथामका लागि आवश्यक सबै तयारी र उपाय अबलम्बन गरेको जनाएको छ । यो संक्रमण रोक्न चीनले गरेको प्रयासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशंसा गरेका छन् ।