मन्त्री रवीन्द्रको ताप्लेजुङमा निधन भइसकेको थियो, यता काठमाडौंमा उनलाई हटाउन आन्दोलन चल्दै थियो 

मन्त्री रवीन्द्रको  ताप्लेजुङमा निधन भइसकेको थियो, यता काठमाडौंमा उनलाई हटाउन आन्दोलन चल्दै थियो 

काठमाडौं । दिनको १ः३० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बेपत्ता भएको विस्तार विस्तार चलेको हल्ला पछि यथार्थमा परिणत भयो । जुन बेला मन्त्री रवीन्द्रको  ताप्लेजुङमा निधन भइसकेको थियो, उनलाई वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषी भएको भन्दै मानव अधिकारकर्मी कृष्ण पहाडीसहितको टोली राजधानीमा विरोध कार्यक्रम गरिरहेको थियो । 


मन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा मरेको भनेर राजधानीमा सूचना २ः३० सम्म पुस्टि भएको थियो । २ः४१ बजे मानव अधिकार तथा शान्ति समाजका तर्फबाट कार्यक्रम अधिकृत सरिता पौडेलले सूचनासहित वक्तव्य जारी गरिन । 

निषेधित क्षेत्र संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा। गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बरालसहित २३ जनालाई गिरफ्तार गरेको थियो । 

कार्यक्रम अधिकृत सरिता पौडेलले जारी गरेको वक्तव्यः 

ठूला नेता मिलेका साढे चार अर्व निलेका
समाजबादको ठोक्रोमा तिखो वाण भिरेका

नेतासँग धोक्रो छ नारा तिनको खोक्रो छ 
जनतालाई कोक्रोमा वानी उही थोत्रो छ 
 
नेतालाई अनुदान आसेपासे उपदान
जनतालाई श्रमदान देश भयो जिल्लाराम
 
संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियान अन्तर्गत आयोजित तेस्रो धर्ना प्रदर्शनमा सहभागी अधिकारकर्मीहरुले यस्तो भाव व्यक्त गरेका थिए । धर्नाबाट प्रहरीले ५ महिलासहित २३ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । 

२०७५ फागुन १५ गते संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा। गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, नम्रता खरेल पौडेल, सरस्वती ढकाल, अधिकारकर्मीहरु डा। सुरेन्द्र भण्डारी, जगन्नाथ पुडासैनी, चन्द्रमणी बञ्जारा, ईश्वर पुडासैनी, विपी पौडेल, उमा गौतम, ईश्वरा लिङदेन, सुमित जिसी, ज्ञानेन्द्र शाही, अमृतजंग महत, अविशेक अग्रहरी, उत्तमकुमार थापा, भिमबहादुर मगर, लोकेन्द्र पोख्रेल, सुवास भण्डारीलाई गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ वानेश्रमा राखिएको छ । 

ठूला नेता मिलेका ः साढे ४ अरव निलेका लेखिएको २७५ वटा कागजको प्लेन उडाइ धर्ना प्रारम्भ भएको थियो ।

अर्को धर्ना फागुन २२ र २९ गते आयोजना हुदैँछ । यो अभियान अन्तर्गत जिल्ला जिल्लामा कार्यक्रम जारी छ ।