एमसीसीका प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्छः गृहमन्त्री बादल

एमसीसीका प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्छः गृहमन्त्री बादल

काठमाडामैं, ११ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने बताएका छन्। एमसीसीका कतिपय प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्ने पनि उनले बताए ।

‘एमसिसी परियोजनाअन्तर्गत अमेरिकाबाट नेपालमा लगानी हुने रु ५५ अर्ब बजेटमा नेपालको पनि रु १३ अर्ब लगानी हुन्छ,’ सुर्खेतमा आयोजित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री थापाले भने, ‘तर पनि कर्मचारी राख्नेदेखि लेखापरीक्षणलगायत विभिन्न प्रावधानहरुमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यता जस्ता कुराहरु संशोधन हुनुपर्छ ।’

गृहमन्त्री थापाले एमसीसीबारे नेकपाको स्थायी समितिमा छलफल भएर हिन्द प्रशान्त रणनीति एमसीसीमा समेटिए सो सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने भन्ने भएको जानकारी दिए । न्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध सुदृढ हुँदै गएको बताउँदै उनले संघीयता कार्यान्वयन गर्न केही कानून बन्न बाँकी रहेको बताए ।