चीनमा कोरोनाभाइरस गम्भीर ,५४को मृत्यु ३०० बढी नयाँ संक्रमित फेला

चीनमा कोरोनाभाइरस गम्भीर ,५४को मृत्यु ३०० बढी नयाँ संक्रमित फेला

काठमाडौ । चीनमा कोरोनाभाइरसबाट ५४ जनाको मृत्यु भएको छ भने ३२३ जना नयाँ  नयाँ संक्रमित फेला परेको छ । नयाँ संक्रमित यो फैलिएको मुख्य केन्द्र हुबेइमा फेला परेको पुष्टि भएका चिनियाँ अधिकारीहरूले जनाएका छन् । केही दर्जन संक्रमित चीनका अन्य दश राज्यमा फेला परेको जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले महामारीको स्थिति गम्भीर भएको तर यो देशसँग लडने क्षमता रहेको बताएका छन् ।पार्टीको पोलिटब्युरोको बैठकमा सीले यस्तो जनाएको सिन्ह्वाले जनाएको छ । उनले भने“ हामीले मिलेर काम गर्छौ वैज्ञानिकहरुले रोकथाम र उपचारको पत्ता लगाएर यसलाई जित्नेमा हामी विश्वस्त छौं ।”

चमेरो जस्तो जनावरबाट यो भाइरस उत्पन्न भएको हुन सक्ने अनुमान गरिएको छ । नयाँ संक्रमितहरु समेत गरी विश्वभर १७०० जना रहेको र त्यसमा अधिकांश अहिले चीनमा रहेको बुझिएको छ ।

अहिलेसम्म यो रोगको औषधि वा खोप फेला पर्न सकेको छ्र्र्रैन । विश्वमा यसको पहिचान गर्न द्रुतगतिमा काम भइरहेको छ ।सुख्खा खोकी र श्वास लिन कठिनाइ हुने कोरोनाभाइरसको सर्वाधिक देखापर्ने लक्षणहरु रहेका छन् । चीनका केही क्षेत्रमा आवागमनलाई निषेध गरिएको छ ।

चिकित्साकर्मीहरु मास्कलगाएर काम गरिरहेका छन् । यसअघि एक चिनियाँ चिकित्सकको विरामीको  उपचार गर्दा गदै मृत्यु भएको थियो ।