नेपालले सार्क ब्युँत्याउन सक्छ ?

नेपालले सार्क ब्युँत्याउन सक्छ ?

काठमाडौ । सन् २०१४ यता दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलन नेपालमा भएयता अघि बढन सकेको छैन् । दक्षिण एसियाका परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तानको कारण सार्क अघि बढन सकिरहेको छैन् । त्यतिखेर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारत र पाकिस्तानका नेताबीच धुलिखेलमा वार्ताको वातावरण बनाउन मुख्य भूमिका खेलेका थिए । तर पनि सन् २०१६मा पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलन हुन सकिरहेको छैन् ।

दुई देशबीचको तनावपूर्ण सम्बन्धका कारण यो क्षेत्रीय सहयोग संगठनले गतिलिन नसकेको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको मध्यस्थताको पहल गरेका थिए । भारतले त्यसलाई अस्वीकार गरेको थियो ।

यसबीच नेपालले यी दुई देशबीचको मध्यस्थताको पहल गरिरहेको बुझिएको छ । परराष्ट्र स्रोतका अनुसार नेपालले यी दुई देशबीचको  सम्बन्ध सुधार गरी सार्कलाई गतिशील बनाउने प्रयास गरेको छ ।

सार्क र आतंकवादबीच कुनै सम्बन्ध नरहेको ती अधिकारीको बुझाइ रहेको  छ । भारतले भने जतिखेर पाकिस्तानले आतंकवादी गतिविधिलाई सक्रिय पार्न सहयोग गरिरहेको आरोप लगाइरहेको छ । यसले गर्दा सार्क सम्मेलनको आयोजना हुन सकिरहेको छ्रैन् ।

भारतले भने पाकिस्तानलाई एक्ल्याउन बिबिनको एजेन्डा र बिमिस्टिकको एजेन्डालाई जोड दिइरहेको छ । तर यसले अपेक्षित सफलता प्राप्त गर्न सक्दैन । त्यसैले भारत र पाकिस्तानबीचको ७ दशक पुरानो समस्याको समाधान खोज्नुपर्ने आवश्यकता रहेको ती अधिकारीको बुझाइ छ । भारत र पाकिस्तानबीचको मध्यस्थता गर्नुपर्ने आवश्यकता आए नेपालले पहल गर्नुपर्ने उनको बुझाइ छ । यी दुई देश नेपालको छिमेकी पनि हो । नेपालले आफूलाई स्वतन्त्र र तटस्थ्य भएर सार्कमा भूमिका खेलेकाले यसका लागि पहल गर्ने हैसियत पनि प्राप्त गरेको छ । 

नेपालको भूमि भारतले कब्जा गरेको विवाद सुल्झाउन नसकेको अवस्थामा पाकिस्तानसँगको विवादको मध्यस्थता कसरी गर्न सक्ने प्रश्नको जवाफमा ती अधिकारीले भने “ आफ्नो समस्या समाधान गर्न संवाद गर्दा गर्दै छिमेकीका लागि पनि पहल गर्न सकिन्छ । यसो गर्न कुशल कुटनीतिक व्यवहारको खाँचो हुन्छ ।  विवाद चर्किएकै बेला समस्याको समाधान गर्ने पहल हुन्छ ।”

सार्क मरिसकेको छैन् । यसलाई गतिशील बनाउन नेपालले पहल गर्नु पर्छ र सक्नु पर्छ । भारतले काश्मिरको विशेष दर्जा खोसेर सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानी आफ्नो नक्शामा पारेयता नेपाल भारतबीच कुटनीतिक पहल भइरहेको छ । औपचारिक बैठक भने बसेको छैन् ।

उनले भने“ हामीसँगै बस्छौं । वार्ता गर्छौ । मतभेदका बारे कुरा गछौं । खाडलहरू पुरिन थाल्छ । समस्याको समाधान गर्न पहल गर्नुपर्छ । सार्कलाई ब्यँत्याउनु पर्छ ।सही समाधान खोज्नु पर्छ ।”