सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

काठमाडौं, १२ माघ । संघीय संसदको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदमा नेकपा सांसद सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

आइतबार संसद बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा पुर्पक्षका लागि कारागारमा छन् । उनले गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए।