कोरोनाभाइरसबारे चीनको खुलासाबाट अमेरिकी डाक्टर चिन्तित

कोरोनाभाइरसबारे चीनको खुलासाबाट अमेरिकी डाक्टर चिन्तित

काठमाडौ । चीनले कोरोनाभाइरसबारे गरेको खुलासाबाट अमेरिकाका डाक्टरहरू चिन्तित बनेका छन् । कोरानाभाइरस लक्षण देखा पर्न अघि एक मानिसबाट अर्को मानिसमा सर्न सक्ने जानकारी सार्वजनिक गरेबाट अमेरिकाको डाक्टरलाई चिन्तित बनाएको हो ।

चीनका स्वास्थ्य मन्त्री मा सिआओवेइले यो भाइरस भएको मानिसमा लक्षण देखा पर्न अघि सर्न सक्ने बताए । 

चीनले सार्वजनिक गरेको यो जानकारी पछि अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एक सल्लाहकार डा. विलियम चाफनरले आफूहरूले यसअघि सोचे भन्दा यो भाइरस बढी गतिमा सर्ने गरेको छ ।

उहानबाट फर्केहरूको परीक्षणबाट अमेरिकामा यो भाइरसका पाँच बिरामी देखा परेको छ । उनीहरूको उपचार भइरहेको र स्थिति स्थिर रहेको छ ।

कोरोनाभाइरसबाट चीनमा अहिलेसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २५००मा संक्रमण भएको पुष्टि भएको छ ।
यो रोगको ठोस उपचार र रोकथामको खोप फेला पार्न सकिएको छैन् । यसको उपचारको खोजीमा विश्वका डाक्टर वैज्ञानिक सक्रिय भएका छन् ।