गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित

गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित

काठमाडौं, १३ माघ ।  गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छिन् । त्रिभुवन अन्तराष्ट्रिय सवमानस्थलमा एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी उनी सोमबार टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

नातेदारसहित प्रहरीकोमा आत्मसमर्पण गरेकी उनलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनलाई मुद्धा चलाउने कि नचलाउने भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।