सभामुख अग्नि सापकोटा विरुद्धको रिट सपना मल्लको इजलासमा

सभामुख अग्नि सापकोटा विरुद्धको रिट सपना मल्लको  इजलासमा

काठमाडौं, १३ माघ । सभामुख अग्निप्रसाद सापकोटा बिरुद्ध परेको रिट न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासमा परेको छ ।

सभामुखमा चयन नगर्न माग गर्दै दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको रिटको इजलास न्यायाधीश सपना प्रधान मल्लले सुनुवाई गर्ने भएकी हुन् । 

सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले अन्तरिम आदेशको माध्यमबाट सभामुखमा निर्वाचित नगराउन रिट दायर गरेका थिए । 

सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए ।