सरकार र प्रतिपक्षको केन्द्रको लडाईं स्थानीय तहमा स¥यो ः भरतपुर महानगरपालिकामा मेयर र उपमेयरको चर्काे द्वन्द्व

सरकार र प्रतिपक्षको केन्द्रको लडाईं स्थानीय तहमा स¥यो ः भरतपुर महानगरपालिकामा मेयर र उपमेयरको चर्काे द्वन्द्व

भरतपुर । उपमेयरले विभिन्न १२ बुदे आरोप लगाउँदै काठमाडौंमा पत्रकार सम्मेलन गरेको भोलिपल्ट भरतपुर महानगरमा नियमित पत्रकार सम्मेलन आयोजना गर्दै मेयर रेनु दाहाल र कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले ती सबै आरोप कुनै पनि सही नभएको दाबी गरेका छन् । 

उपमेयर ठकुरीले तीन जना घरका परिवारलाई स्वकीय सचिव, ड्राइभर लगायतको विभिन्न पदमा जागिर लगाएको र एक जना भतिजलाई थप जागिरको व्यवस्था गर्न माग गर्दैगर्दा दरबन्दी मिलाएर स्वास्थ्य फाँटमा जागिरको प्रवन्ध गर्दैगर्दा दरबन्दी नै नभए पनि आफ्नै स्वकीय सचिवालयमा दैनिक हाजिर गर्न नपर्ने सुविधासहित जागिर मिलाउन माग गरेका कारण मिलाउन नसकिएकाले विवाद बढेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले मंगलवार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बताए । 

सोही पत्रकार सम्मेलनमा थप स्पष्टीकरण दिँदै मेयर दाहालले आफूले घर नभएकाले घरभाडा लिएको र उपमेयरले घर भाडा आफूले पनि पाउनुपर्ने माग गरेकाले सोको आवश्यक प्रवन्ध मिलाउन प्रशासकीय अधिकृतलाई आफूले भनेको तर नियम बमोजिम त्यो नमिल्ने भएकाले अस्वीकृत भएकाले उहाँ झन् तनावमा हुनुहुन्थ्यो, महानगरको नियमित बैठकमा पनि भाग लिनु भएन र काठमाडौं पुगेर पत्रकार सम्मेलन गर्नुभयो भन्दै दाहालले आश्चर्य व्यक्त गरिन । मेयर दाहालले आफूले कहीँ कतै एक रुपैयाँ पनि भ्रष्टाचार गरेको भए जनताको कठघरामा उभिन तयार भएको चुनौती दिइन । 

यसअघि चितवनको विवादको बारेमा नेपाली काँग्रेसका सभापतिलाई जानकारी गराउने क्रममा काठमाडौं पुग्दै गर्दा पत्रकार सम्मेलन गर्दै उपमेयर पार्वती शाह ठकुरीले आफूलाई हातखुट्टा बाँधेर काम गर्न नदिएको गुनासो गरिन् ।  प्रमुख प्रशासकीय अधिकृत तथा कुनै पनि कर्मचारीले सहयोग नगरेको, काँग्रेसले नै जिताएर मेयर बनेकी रेनु दाहालले पनि आफ्नो गुनासो नसुनेको जनाउँदै आफू अब जनताकोमा जाने र भण्डाफोर गर्ने बताएकी थिइन् । उपमेयर ठकुरीले पनि आफूले कोहीलाई जागिरको लागि र घर भाडाको लागि अनुनयविनय नगरेको बताउँदै आएकी छिन् । 

जननिर्वाचित भए पश्चात सपथ ग्रहण गर्दैगर्दा तत्कालीन अवस्थामा माओवादी र नेपाली काँग्रेसका तर्फबाट निर्वाचित टोलीले सँगै सपथ खाएका थिए भने केही समय एमाले समर्थित वडाध्यक्ष र सदस्यहरुले धाँधली गरेर मेयर जितेको भन्दै बहिस्कार गरेका थिए । हाल नेकपा गठन भए पश्चात प्रतिपक्षबिहीन भएको भरतपुर महानगर पालिकामा पक्ष र प्रतिपक्षको द्वन्द्व सुरु भएको देखिन्छ । देशैभर बहिष्कारको रणनीति लिएको देखिएको नेपाली काँग्रेसले भरतपुर महानगरलाई प्रमुख तारो बनाएको देखिन्छ । सिटिहलको बारेमा धेरै विवाद गरेको नेपाली काँग्रेसले अन्तराष्ट्रिय रंगाशाला लगायत सम्पूर्ण विकासका गतिविधिमा अवरोधको रणनिति लिएको देखिन्छ ।

नेपाली काग्रेस समर्थित उपमेयरले मेयर लगायतको टिमले भ्रष्टाचार गरेको, आर्थिक उपसमिति लगायतको उपसमिति बनाउन उदासीन भएको, महानगरलाई एकलौटी बनाउँदै मेयरको अनुपस्थितिमा कार्यवाहक मेयरको भूमिका दिन पनि नचाहेकाले सँगै काम गर्न सक्ने परिस्थिति नभएको बताउकी छिन भने मेयरले पनि उपमेयरले आरोप लगाउन केही बाँकी नराखेकाले त्यस्ता गैह्र जिम्मेवार उपमेयरको कुनै हैसियत नभएकाले उपमेयर बिना नै भरतपुर महानगरको विकासका काममा कुनै पनि रुकावट हुन नदिने प्रतिवद्धता व्यक्त गरिन । 

उपमेयरले अप्ठ्यारो पारे पनि नेपालीँ काग्रेसबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले आफूलाई सहयोग नै गरेको र वडाहरुमा कुनै समस्या नभएको उनले दाबी गरिन ।


पार्टीभित्रको व्यापक विरोधका बाबजुद तत्कालीन अवस्थामा नेकपामा अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना प्रत्यासी दिनेश कोइरालालाई टिकट फिर्ता लिन लगाएर रेनु दाहाललाई समर्थन गर्न निर्देशन दिएका थिए । 

उपमेयरको टोलीले सभापतिलाई गुनासो पोख्दै गर्दा यसबारेमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरेर आफूले हल गर्ने कोशिश गर्ने आश्वासन देउवाले दिएका छन् । सो बेला मेयरका प्रत्यासी भएका दिनेश कोइराला अहिले गुमनाम रहेका छन् ।