मोदी सरकारको मन्त्रीले नै मञ्चबाटै गोली मार्ने नारा लगाए

मोदी सरकारको मन्त्रीले नै मञ्चबाटै गोली मार्ने नारा लगाए

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका एक मन्त्रीले आमसभाको मञ्चबाट गोली मार्ने नारा लगाएका छन् । दिल्ली प्रान्तको चुनावी सभामा सम्बोधन गर्न पुगेका मन्त्री ठाकुरले पश्चिमी दिल्लीको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ‘देश के गद्दारों को , गोली मारो सालों को ’ नारा लगाएका हुन् । 

उनले देश के गद्दारो को. बोलेको र सभामा सहभागी भारतीय जनता पार्टीका कार्यकर्ताले  गोली मारो सालों को बोलेको सार्वजनिक भिडियोमा सुन्न सकिन्छ । निर्वाचन आयोगका अधिकारीहरूले जनाए अनुसार सो भिडियो कारबाहीका लागि प्राप्त भएको छ ।

त्यो भिडियोमा पार्टीको तर्फबाट उम्मेदवारी दिएका मनिस चौधरी पनि उपस्थित थिए । दिल्ली प्रान्तको लागि फेब्रुअरी ८मा मतदान हुने र ११ फेब्रुअरीसम्म परिणाम आउने अपेक्षा गरिएको छ । त्यहाँ आम आदमी पार्टी सत्तामा रहेको छ ।