रूस दुनियाँको दोस्रो ठूलो हतियार व्यापारी

रूस दुनियाँको दोस्रो ठूलो हतियार व्यापारी

काठमाडौ । दक्षिणपूर्व एसियामा रूसले हतियार प्रसारण गरिरहँदा  भारत उसको क्षेत्रीय तालिम र मर्मसम्भारको साझेदार भारत हुन सक्ने देखिएको छ । रूसले पाँच वर्षयता ३९ देशसँग सैनिक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । यसको मुख्य फाइदा भारतलाई हुन सक्ने देखिएको भारतीय जलसैनिक क्षेत्रको गुप्तचरका पूर्व अधिकारी शिशिर उपाध्यायले जनाएका छन् ।

रूसका रक्षा उपमन्त्री अलेग्जन्डर फोमिनले सैनिक क्षेत्रको हार्डवेयर बिक्री गर्ने सम्झौता मध्यपूर्व, अफ्रिका, एसिया प्रशान्त र ल्याटिन अमेरिकी देशसँग भएको हालै घोषणा गरे । दक्षिणपूर्व एसियामा भएका सम्झौताहरूबाट विशेषरूपले भारतलाई फाइदा हुनेछ । सोभियत संघको बेलादेखि भारत रूसको सैनिक उपकरण खरिद गर्ने मुख्य खरिदकर्ता रही आएको छ । रूसी हातहतियारको तालिम र मर्मतसम्भारको लागि भारत उचित ठाउँ हुन सक्नेछ ।

सन् २०१८मा अमेरिका पछि दोस्रो ठूलो हातहतियार बिक्री गर्ने देशको रूपमा रूसले बेलायतलाई पछि पार्दै अगाडि आएको देखियो । विश्वमा हातहतियार गतिविधिका बारेमा निगरानी गर्ने द स्टकहम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले यस्तो जानकारी दियो । रूसी हतियार कम्पनीको बिक्री १० प्रतिशतले बृद्धि भइ करिब ३८ अर्ब युरो बराबरको बिक्री भएको देखिएको जनायो ।

रूसले बनाएको सैनिक उपकरण पश्चिमा र अमेरिकाले बनाएको सैनिक उपकरणहरूको तुलनामा सस्तो र बलियो हुने गरेको छ । रूसको एस् ४०० हवाई प्रतिरक्षा प्रणाली अमेरिकाको प्याट्रियोट प्रणालीको बराबरी गर्ने प्रणाली हो । तर यसको मूल्य अमेरिकाको भन्दा आधाजति छ । 

गत वर्ष भारतीय वायु सेनाका उपप्रमुख कपिल काकले रुसको एस ४०० प्रणाली सर्वोतम र अमेरिकाको प्याट्रियोटसमेतलाई उछिन्न सक्ने खालको भएको बताए ।
रूसले दक्षिणपूर्व एसियामा आफ्नो प्रतिरक्षा प्रणालीको स्थिति बलियो पारेको छ ।

सन् २०१०देखि २०१७सम्म दक्षिण पूर्व एसियामा६.६ अर्ब अमेरिकी डलर बराबरको रूसले हतियार बेचेको छ । भियतनाम रूसको हतियार उपकरणको निर्यात गर्ने सर्वाधिक ठूलो देशको रूपमा देखियो ।७८ प्रतिशत हतियार खरिद भियतनामको रहयो । भियतनामले सिक्स किलो क्लास डिजेल इलेक्ट्रिक सबमरिनसमेत गरी युद्धक पानी जहाज र लडाकु जेट खरिद गरेको हो ।
 सन् १९६०को दशकदेखि सोभितसंघको पालादेखि रूससँग भारतले हातहतियार खरिद गरी आएको छ । भारतले मात्रै कुल हतियार बिक्रीको ६०दे ि७० प्रतिशत खरिद गर्ने गरेको छ । सन् २०१९मा समेत भारत रूसको सबै भन्दा ठूलो खरिदकर्ताको रूपमा देखा प¥यो ।

अमेरिकाले नाकाबन्दी लगाउने चेतावनीका बाबजुद भारतले  १४.४ अर्ब अमेरिकी डलर बराबरको खरिद ग¥यो । भारतले एस ४०० जमिनदेखि हावामा क्षेस्यास्त्र मार हान्ने प्रणाली करिब ५ अर्ब अमेरिकी डलर बराबरमा खरिद ग¥यो ।

भारतले यतिका वर्षमा रूसी हातहतियारको तालिम र मर्मत सम्भार गर्ने केन्द्रको रूपमा पनि आफूलाई विकास गरेको छ ।दक्षिण पूर्वी देशका लागि यो सुविधा भारतमा प्राप्त गर्न सजिलो हुन सक्ने देखिएको छ । 

भारतको जल सेनाले ५०० भियतनामी जल सेनालाई किलो क्लास सबमरिन सञ्चालन गर्न तालिम दियो । यसैगरी भारतीय हवाइ सेनाका चालकले मलेसियाका हवाइ सेनाका चालकलाई रूसको सु ३० लडाकु विमान चलाउन तालिम दियो ।

रूसले दक्षिणपूर्व एसियामा गरेको हतियार प्रसारबाट भारतलाई फाइदा हुने छ । यसले गर्दा दक्षिणपूर्वी देशलाई विश्वमा रणनीतिक क्षेत्रको रूपमा विकास गरिरहेको छ ।