भारत र पाकिस्तानको तनावः सार्कको सक्रिय भूमिका खड्क्यो

भारत र पाकिस्तानको तनावः सार्कको सक्रिय भूमिका खड्क्यो

भारत पाकिस्तानको यो तनावबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई गतिशील बनाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानको वार्ता प्रस्ताव अघि बढनुपर्ने अपेक्षा गरिएको छ ।

भारतको पुलवामामा आत्मघाती बम विस्फोटन गराई ४० जना अर्धसैनिक बलको ज्यान जाने गरी गरेको घटनाको जिम्मेवारी लिने पाकिस्तानस्थित जैश ए मोहम्मदको आधार शिविरमा भारतले लडाकु विमानद्वारा अन्र्राष्ट्रिय सीमा रेखा पार गरी बम खसाएको दाबी गरेको भोलिपल्ट पाकिस्तानले भारतका दुई लडाकु बिमान मार हानी खसाएपछि उत्पन्न तनावबाट यस्तो निकास निस्कियोस भन्ने अपेक्षा अन्तर्राष्ट्रिय रूपमा बढेको छ ।

पाकिस्तानका प्रधानमन्त्री खानले वार्ता र संवादबाट दुई देशको विवादको हल खोज्नु पर्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष वार्ता प्रस्ताव अघि सारेका छन् ।

प्रस्तावमा खानले भने “पुलवामा आक्रमणबाट भारतका परिवारलाई परेको दुख आफूलाई थाहा छ । मैले पाकिस्तानी संलग्नताबारे कुन हदसम्मको छानबिन गर्न खोज्नु भएको त्यसका लागि तयार रहेको जनाउँदा जनाउँदै भारतले चुनावको बेलामा केही आक्रामक रवैया अपनाउँछ कि भनेर आंशका गरिरहेकै बेला भारतले सीमा आएर बम खसायो । हामीले लडाइ गर्न होइन आफू पनि लडाईको कुनै हदसम्म जान सक्ने क्षमता रहेको त्यसको जवाफ उचित समयमा दिने भनेर भारतीय विमान सीमा पार गरिरहेका बेला मार हानी खसाएका हौं । हाम्रो उद्देश्य युद्ध गर्नु छैन । दुनियाँमा भएका युद्धहरूको परिणामको आँकलन गलत भएका छन् । हामीले गर्ने युद्धको आँकलन गलत हुन सक्छ । आऔं मिलेर वार्ताबाट समस्याको समाधान खोजौं ।”

पाकिस्तानका प्रधानमन्त्रीले वार्ताका पहल गरिरहँदा र त्यस अनुरूपको पहल भारतबाट आउन ढिलाई भइरहँदा युद्धको सम्भावना प्रति गम्भीर भएर चीनले भारत र पाकिस्तान दुवैलाई धैर्यधारण गर्न र तनाव कम गर्न थप आग्रह गरेको छ ।

चीनको राज्य परिषद्का सदस्य तथा उच्च कूटनीतिज्ञ वाङ यीले पाकिस्तान विदेशमन्त्री शाह महमूद कुरेसीलाई टेलिफोन गरी तनाव नतन्काउन आग्रह गरेका थिए ।

टेलिफोनमा पाकिस्तानी विदेशमन्त्री कुरेसीले घटनाबारे जानकारी दिएका थिए ।

 भारत पाकिस्तानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण सबै भन्दा धेरै जनसंख्या भएको बहुपक्षीय क्षेत्रीय संगठन सार्कले गति लिन सकेको छैन् ।

सार्कले गति लिन यी दुई परमाणु शस्त्र सम्पन्न देशबीचको सम्बन्ध राम्रो हुनुपर्नेछ ।

चुनावको मुखमा भारतको सत्ताधारी दलले पाकिस्तानसँगको सम्बन्ध सुधार गरेर अघि बढछ वा यसलाई तत्काल थाँती राखेर बढ्छ त्यसमै क्षेत्रीय शान्ति र विकासको भविष्य लुकेको छ ।

 

पछिल्लो समय भारतले सार्कबाट एक्ल्याएर उपक्षेत्रीय संगठनको विकास गरी अघि बढ्न खोजेको देखिएको छ ।  

अफगानिस्तानसहितको सार्कलाई गतिशील बनाउन यो तनावले बाटो खोज्न सम्भव होला भन्ने जिज्ञासा सार्क पक्षीयहरू माझ रहेको देखिन्छ ।

यो तनाव कम गर्न विश्वका शक्तिशाली देश अमेरिका र बेलायतलगायतका देशले पनि दुबैलाई शान्ति कायम गर्न आग्रह गरेका छन् ।