भारतको विदेश सचिवमा अमेरिकाका वर्तमान राजदूत नियुक्त
काठमाडौ । भारतले विदेश सचिवमा अमेरिकाका लागि वर्तमान राजदूतलाई नियुक्त गर्ने भएको छ । हर्षवद्र्धन शृंगला अमेरिकाका लागि भारतीय राजदूत हुन् । विद्यमान विदेश सचिव विजय गोखले सेवा निवृत भएपछि उनको ठाउँमा शृंगाल नियुक्त हुने छन् ।
१ मे १९६२मा जन्मेका १९८४ ब्याचका आइएफएस अफिसर शृंगाल भारतका ३३औं विदेश सचिव हुनेछन् । शृंगालको ठाउँमा श्रीलंकामा भारतका उच्च आयुक्त रहेका १९८८ ब्याचका आईएफएस अफिसर तरणजीत सिंह संधूलाई अमेरिकाका नयाँ राजदूत बनाइएको छ ।
अहिलेका विदेशमन्त्री मन्त्री एस.जयशंकरलाई विदेश सचिवको जिम्मेवारी सम्हालेका व्यक्ति हुन् । जयशंकर अमेरिकाको राजदूत रहेका बेला विदेश सचिवको जिम्मेवारीमा ल्याइएका थिए ।
विदेश सचिवमा नियुक्त हुन लागेका शृंगाल विदेश मन्त्रालयका संयुक्त सचिव रहेका बेला बंगलादेश, म्यानमार, माल्दिभ्स र श्रीलंकाका जिम्मेवारी सम्हालेका थिए । राष्ट्रसंघमा भारतको स्थायी प्रतिनिधिको जिम्मेवारी पूरा गरेका शृंगाल फ्रान्स, भिएतनाम, इजरायल र दक्षिण अफ्रिकामा काम गरिसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया