चार्ली च्यापलिनले हनिमुन मनाएको होटलमा ट्रम्प र किम वार्ता गर्दै

चार्ली च्यापलिनले हनिमुन मनाएको होटलमा ट्रम्प र किम वार्ता गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनले हास्य सम्राटको रूपमा चिनिएका अभिनेता चार्ली च्यापलिनले हनिमुन मनाएको भियतनामको पाँच तारे होटलमा बसेर उत्तर कोरियाली प्रायःद्वीपलाई परमाणु हातहतियारबाट मुक्त गराउन दोस्रो शिखर वार्तालाई निरन्तरता दिने गरी टुंग्याउन थालेका छन् ।

२३ डिग्री सेल्सियसको गर्मी भएकाले बाहिर पुलमा आयोजना गरिएको वार्तालाई खारेज गरिएको थियो । दुबै नेता पूर्ण सुट पहिरनमा रहेकाले बाहिरको गर्मीमा घुमेर वार्ता गर्न सहज नहुने भनेर त्यो स्थलको वार्ता समयलाई हटाइयो ।

होटल मेट्रोपोलले दुनियाँका चर्चित हस्तीहरूको स्वागत गरिसकेको छ । ग्राहम ग्रिनले ‘द क्विट अमेरिकन’ नामक उपन्यास यही बसेर पूरा गरेका थिए भने अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि यो होटलको सेवा सत्कार ग्रहण गरिसकेका छन् ।

सन् १९०१ मा खुलेको यो होटलको गर्भगृहमा बंकर निर्माण गरिएको छ । युद्धका बेला अभिनेत्री जेन फोन्डा लगायतका अतिथिहरूलाई हवाइ आक्रमणबाट यो होटलले बंकरमा जोगाएको थियो । दशकौंसम्म बन्द रहेको यो होटल सन् २०१२देखि फेरि खुला गरिएको थियो ।

 वार्तामा संलग्न रहेका यी दुई नेताबाट अहिलेसम्म व्यक्त भएका धारणा अनुसार तत्कालै यसले सबै परिणाम तत्कालै निकाल्नमा विश्वास गर्न सकिने अवस्था छैन् । 

ट्रम्पले वार्ताको गतिभन्दा पनि वार्ताको परिणाम महत्वपूर्ण हुने अभिव्यक्ति दिएका छन् ।