व्यापार घाटा घटाउन बिजुली खपत बढाउने योजना

व्यापार घाटा घटाउन बिजुली खपत बढाउने योजना

काठमाडौं । सरकारले ग्यास आयातमा बाहिरिने गरेको अर्बौ रूपैया बचाउन बिजुलीको गार्हस्थ खपत बढाउन लागेको छ । उर्जा खपत र धुवाँ धुलो चुलो हटाउने अभियानका विभिन्न अभियन्ता समूहहरूको अध्ययनबाट बिजुली चुलो इन्डकेशनमा खाना पकाउँदा ग्यासमा पर्ने खर्च भन्दा सस्तो हुने भएको देखिए पछि बिजुली महशुलबारे सोच्नुपर्ने दबाब सरकारमाथि परेको हो ।

व्यापार घाटा घटाउने विभिन्न उपाय मध्ये एक उपाय आयात घटाउनु हो । खाना पकाउने एलपीजी ग्यासको आयातमा कमी आउँदा बाहिरिने रकम देश भित्र रहने हुन्छ । काभ्रे र लतितपुर लगायतका विभिन्न ठाउँमा घरपरिवारमा खाना पकाउन हुने ऊर्जा खपतको बारेमा अध्ययन गरियो । त्यस प्रकारको अध्ययनबाट बिजुली चुलोमा खाना पकाउँदा ग्यास चुलोमा भन्दा कम खर्चिलो हुने भएको पाइयो ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिंग अध्ययन संस्थान अन्तर्गतको उर्जा केन्द्रमा कार्यरत प्राध्यपकहरूको टोलीले गरेको अध्ययनबाट ४ जनाका लागि आधा किलो चामलको भात पकाउन ग्यासबाट २.४६५ रूपैया र बिजुली १.४१९ रूपैया पर्ने भएको देखिएको छ ।

अझ स्पस्ट भन्नु पर्दा ग्यासबाट खाना पकाउँदा ११.१८ मिनेट र इन्डक्सनबाट ७.८२ मिनेट लाग्ने देखिएको छ ।  यो अध्ययनकर्ताहरूले बिजुलीको प्रति युनिट १० रूपैया र १४.२ प्रतिकेजी ग्यासको दरले १४०० रूपैयाको आधार मानेर यो अध्ययन पूरा गरेका हुन् ।

ललितपुरमा सन् २०१९को अन्त्यतिर गरिएको अध्ययनले पनि बिजुली चुलोको खर्च सस्तो देखिन आएको हो । यस्तै अध्ययनहरूको नतिजाले गर्दा  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको नयाँ महशुल दर तोक्ने अध्ययनलाई अन्तिम रूप दिन लागेको हो ।

प्राधिकरण सञ्चालक समितिका सदस्यहरूका अनुसार बिजुली महसुल दरलाई आठ किसिमले वर्गीकरण गरिएको छ । बिजुलीको घरपरिवार उपभोगमा बृद्धि गराउने उद्देश्यले यो महशुल दरको प्रस्ताव गरिएको हो । 

प्रस्तावित नयाँ दर ११ युनिटदेखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि १५० र १५१ देखि २००, २०१ देखि ४०० र ४०० देखि माथि गरी आठ वर्गीकरण गरिएको छ । गार्हस्थ्य उपभोक्ताले उच्चतम प्रति युनिट १३ रूपियाँसम्म तिर्दै आएकोमा यो दरलाई घटाउने निर्णय गरिएको छ ।

गामी ५ वर्ष भित्र गार्हस्थय उपभोक्ताको वार्षिक खपत ७०० युनिट पु¥याउने गरी योजना बनाइएको छ ।अहिले  प्रतिव्यक्ति वार्षिक युनिट २४६ युनिट रहेको छ । यो आर्थिक वर्षको अन्त्यसम्म ४२६ युनिटसम्म बढाउने लक्ष्य लिइएको छ ।

प्राधिकरणले यो आर्थिक वर्षभित्र ४० जिल्लामा पूर्ण विद्युतीकरण गर्ने योजना पूरा गर्नेछ । यो वर्ष नै थप तीन लाख ५० हजार घरपरिवारमा बिजुली लक्ष्य पूरा गर्ने योजना छ । अहिलेको भन्दा ४० प्रतिशत सस्तो हुने गरी बिजुली दर तोक्न लागिएको हो । यसबाट खपत बढी भएर लाभ बढी लिने योजना रहेको  छ ।

सरकारले खाना पकाउन प्रयोग हुने एलपी ग्यास खपत घटाएर बिजुली  चुलो प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । शहरी क्षेत्रका डेरावाल एकल परिवारले इन्डक्सन चुलो प्रयोग गर्दा मासिक करिब ५० युनिट खपत हुने अनुमान प्राधिकरणको छ । यस आधारमा ग्यास खपत गर्नुभन्दा बिजुलीको खपत सस्तो हुने गरी नयाँ दर तोकिएको प्राधिकरणका अधिकारीहरूको दाबी रहेको छ ।