सरकारले युगान्तकारी काम गरिरहेको छः प्रम ओली
काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले युगान्तकारी काम गरिरहेको बताउका छन् । बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले केही पनि काम गरेन भनेर भएको प्रचार सही नभएको जिकिर गरे ।
उनले सरकारले गरेका कामकारबाहीको प्रचार नभएको टिप्पणी गरे । त्यस्तै, उनले हिजो नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई दिँदै संसदमा कोरोना भाइरसतर्फ संकेत गर्दै धक्काको कुरा उठाएको स्पष्ट पारे ।
उनले भने,‘ मैले कोरोना भाइरसको कुरालाई धक्का भनेको थिएँ, के को धक्का कहाँको धक्का भन्ने कुरा भयो, कोरोना भाइरसको कुरा गरेको थिएँ। त्यसलाई पनि कसले कसरी बुझ्यो बेग्लै कुरा हो।’
प्रतिक्रिया