नेकपा केन्द्रीय समिति बैठकः एमसीसी कार्यसुचीमा राख्न जोडदार माग

नेकपा केन्द्रीय समिति बैठकः एमसीसी कार्यसुचीमा राख्न जोडदार माग

काठमाडौं, १५ माघ । बुधबारदेखि काठमाडौंमा सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अमेरिकाले नेपाललाई आर्थिक सहयोग गर्ने भनि सम्झौता भएको एमसीसीका बारेमा व्यापक चर्चा चलेको छ । 

केन्द्रीय समिति बैठकमा एमसीसीबारे कार्यसुची नबनेको भन्दै उक्त मुद्धालाई कार्यसुचीमा राख्न अधिकाँश नेताहरुले जोडदार माग गरेका छन् । नेताहरु भीम रावल, लीलामणी पोखरेल, अश्टलक्ष्मी शाक्यसहितले बैठकको कार्यसुचीमा सो विषय समावेश गर्नुपर्ने माग राखेको बैठकमा उपस्थित एक नेताले झिल्कोलाई बताए ।