सुनको भाउ बढने कारण अमेरिकी राष्ट्रपतिका उम्मेदवारको बढदो लोकप्रियता 

 सुनको भाउ बढने कारण अमेरिकी राष्ट्रपतिका उम्मेदवारको बढदो लोकप्रियता 

काठमाडौ । सात वर्षयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ यो साता उच्चतम बिन्दुमा पुगेको देखिएको छ । स्टक बजारका ब्रोकरहरूले सुनको भाउ अझ बढन सक्ने आंशका व्यक्त गरेका छन् ।अमेरिकी चुनावका लागि प्रतिस्पर्धामा उत्रेका केही व्यक्तिका कारण सुनको भाउमा उतारचढाव भइरहेको  उनीहरूको बुझाइ रहेको छ ।

ब्रोकर पिटर स्किफका अनुसार अमेरिकी सिनेटर बर्नी स्यान्डर्स चुनाव जिते सुनको भाउ बढने छ ।यो साता सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा १६०० अमेरिक डलर प्रति औंश पुगेको देखियो ।

अमेरिकाको डेमोक्रेटिक पार्टीका उम्मेदवार सन् २०२०मा जित्ने समभावना बढेर गएको फोक्स न्युजको मत सर्भेक्षणले देखएको छ । डेमोक्रेट पार्टीका उम्मेदबार बनी स्यान्डर्सको लोकप्रियता गएको डिसेम्बरमा २० प्रतिशतले बढेको देखियो । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तुलनामा देखिएको थियो । 

युरो प्यासिफिक क्यापिटलका प्रमुख कार्यकारी तथा प्रमुख रणनीतिकार स्किफ भन्छन् –“ स्यान्डर्स सन् २०२०मा राष्ट्रपति भए सुनको भाउ २००० अमेरिकी डलर प्रति औंश भन्दा माथि पुग्नेछ । स्यान्डर्स जित्नु भनेको सरकारी घाटा धेरै बढने र केन्द्रीय बैंकलाई धन छाप्नु बाहेक वित्तीय खर्च गर्नुको उपाय हुने छैन त्यसले धनीहरूमाथि कर बृद्धि हुनेछ ।”