भारतद्वारा कारोना भाइरसका लागि होमियोप्याथी औषधि लिन निर्देश

भारतद्वारा कारोना भाइरसका लागि होमियोप्याथी औषधि लिन निर्देश

काठमाडौ । चीनमा फैलिएको प्राणघातक कोरानोभाइरसको संकटबाट जोगिन होमियोप्याथी,आर्युवेदी र युनानी औषधि लिन भारत सरकारको आयुष मन्त्रालयले निर्देशन जारी गरेको छ ।

होमियोप्याथी औषधि आर्सेनिक अल्बम ३०को लिन आयुष मन्त्रालयको सेन्ट्रल काउन्सिल फर रिसर्च इन होमियोप्याथीले निर्देशन दिएको छ । तीन दिन बिहान खाली पेटमा तीन डोज आर्सेनिक अल्बम ३० लिन र फेरि यो भाइरसको संक्रमण फेरि हुन नदिन एक महिना पछि डोज लिन भनिएको छ ।

आयुर्वेद औषधि बनाएर खान पनि भनिएको छ । मुस्ता, परपाट, उशिर, चन्दन, उडिया र नागर जस्ता जडीबुटीको धुलो पानीमा उमालेर प्रयोग गर्न भनिएको छ । यसैगरी पिपली ,मरिच र सुंगीको पाउडरलाई तुलसीका पातसँग् १ लिटर पानीमा उमालेर त्यसको रस खान भनिएको छ ।