भिसा रोक्ने नीतिलाई निरन्तरता दिए राष्ट्र संघीय केही नियोग अमेरिका बाहिर ल्याउन दबाब

भिसा रोक्ने नीतिलाई निरन्तरता दिए राष्ट्र संघीय केही नियोग अमेरिका बाहिर ल्याउन दबाब

काठमाडौ । यो वर्ष संयुक्त राष्ट्र संघ स्थापनाको हिरक वार्षिकोत्सव हुन्छ ।  अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा भाग लिन भिसा उपलब्ध गराएन ।

यो विषय अन्तराष्ट्रिय मिडियामा चर्चा रहयो । भिसा रोक्नु अमेरिकाका लागि एक विशेष हतियार बनेको छ । विगतको दशकमा अमेरिकाले विश्वका विभिन्न देशका केही व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय संगठनमा भाग लिनबाट रोक लगाउँदै आएको छ । रूस , क्युबा र इरानका नेता र कुटनीतिज्ञलाई पटक पटक भिसा रोक्ने गरेको देखिएको छ ।

राष्ट्र संघको सुरक्षा परिषद अन्तर्राष्टि शान्ति र सुरक्षा व्यवस्थित गर्ने निकाय हो ।भिसा रोकेर  अमेरिकाले राष्ट्रसंघको पहुँचमा बाधा उत्पन्न गराउन परिषद् अमेरिकामा भएको फाइदा उठाउने गरेको छ ।

तर राष्ट्रसंघको प्रधान कार्यालयमा पहुँचा लागि सन् १९४७को नियमनले विदेशी कुटनीतिलाई रोक लगाउन नहुने प्रावधान उल्लेख गरेको छ ।शीतयुद्ध काल अवधिमा अमेरिकाले शत्रु देशका कुटनीतिज्ञको भिसा रोक्ने काम गरेको खोज्न गाह्रो छ ।  

कुटनीतिज्ञ सम्बन्ध नभएका देशका नेतालाई पनि भिसा रोकेको पाइदैन् । सन् १९५०को नोभेम्बरमा उत्तर कोरियाको विषयमा छलफल गर्न चिनियाँ सरकारले  पठाएको टोलीलाई अमेरिकाले रोकेको देखिएन । त्यतिखेर चीन र अमेरिकाबीच शत्रुतापूर्ण सम्बन्ध थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुपक्षीयता विरोधी नीति अपनाएयता भिसा रोक्ने काम गरेको पाइन्छ । ट्रम्पले  भिसा रोक्ने कामलाई अमेरिकाको लागि हतियार बनाएको हो भने यसका सदस्य राष्ट्रले विचार पु¥याउनुपर्ने देखिन्छ ।

यस्तोमा राष्ट्रसंघीय नियोगहरू अमेरिका बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको सेन्टर फर द युनाइटेड नेशन्स एन्ड इन्टरनेशनल अर्गनाइजेशन अफ द इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिज अट फुडानका निर्देशकले बताएका छन् ।

राष्ट्रसंघसम्बन्धित अमेरिकी नीति क्रमिकरूपमा परिवर्तन भइआएको देखिन्छ ।सबै राष्ट्र संघीय नियोग  अमेरिका बाहिर ल्याउनु यर्थाथवादी सोच हुन सक्दैन तर केही नियोग अमेरिका बाहिर ल्याउनु आवश्यक भएको उनको भनाइ रहेको छ ।अमेरिकाले भिसा रोक्ने नीतिलाई निरन्तरता दिए यसबारे सोच्नुपर्ने हुन्छ ।