नेकपा केन्द्रीय समिति बैठकमा समूहगत छलफल सुरु
नेकपा केन्द्रीय समिति बैठकमा आज समूहगत छलफल सुरु
काठमाडौं, १६ माघ । सत्तारुढ नेकपाको काठमाडौंमा बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा बिहीबारेदेखि समूहगत छलफल सुरु भएको छ ।
केन्द्रीय कमिटी बैठकमा पेस भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि ९ वटा समूह बनाइएको छ।
प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ।
राष्ट्रिय सभा गृह, धुम्बाराहीस्थित पार्टी कार्यालय र पेरिसडाँडामा रहेको नेकपाको अर्को कार्यालयमा समूहगत छलफल हुने नेकपाले जनाएको छ ।
प्रतिक्रिया