रुपन्देहीमा बोराले थिचेर चार जनाको मृत्यु

रुपन्देहीमा बोराले थिचेर चार जनाको मृत्यु

रुपन्देही, १६ माघ । रुपन्देहीमा बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । बोराको थुप्रोले च्यापिदा भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा आफैले संकलन गरेर राखेको बोराले च्यापेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो। सटरभित्र तीनतर्फ नै बोराका चाङ थिए। बोराले थिच्दा उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ। उनीहरुको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।