विश्व स्वास्थ्य संगठनद्वारा कोरोनाभाइरसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संकट घोषणा

विश्व स्वास्थ्य संगठनद्वारा कोरोनाभाइरसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संकट घोषणा

काठमाडौ ।संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठनले(हु) कोरोनाभाइरसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संकट घोषणा गरेको छ ।हुले यात्रा र व्यापार निषेधको सिफारिश गरेको भने छैन्।
हुको महानिर्देशक टेडरोस अधानाम गेब्रेयसुसले कोरोनाभाइरसबारे एक पत्रकार सम्मेलन गरी यो घोषणा गरेका हुन् ।

चीनको उहानबाट कोरोनाभाइरस फैलिएको छ । चीनले यो भाइरससँग लडन धेरै प्रभावशाली पहल लिएको महानिर्देशकले जनाए । उनले भने “ यो संकटको सामना हामी सबै देश मिलेर गर्न सक्छौं । हामी सबै मिलेर यसलाई रोक्न सक्छौं ।”

पहिलो पटक यो भाइरस हुबेइ प्रान्तको उहानमा ३१ डिसेम्बरमा देखा परेको थियो ।त्यसयता यो भाइरसबाट कम्तीमा ८ हजार बढी संक्रमित फेला परेको छ भने १०० जनाको मृत्यु भइसकेको छ ।यसै किसिमको सार्स संक्रमण १७ देशका ८१०० मानिसमा सन् २००३मा भएको थियो । त्यतिखेर ७७४ जनाको मृत्यु भएको थियो ।तर कोरोनाभाइरस दु्रतगतिमा फैलिएको देखिएको छ ।