यौन दुर्व्यवहारको उजुरीमा प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा निलम्बित

यौन दुर्व्यवहारको उजुरीमा प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा निलम्बित

काठमाडौं, १७ माघ । यौन दुर्व्यवहारको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन् । एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले बिहीबार निलम्वन गरेको हो।

बिहीबार एसएसपी राणालाई निलम्वन गर्ने निर्णय भएको गृह मन्त्रालय श्रोतले बताएको छ । थप अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार समेत गरिएको जनाइएको छ । 
संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले  यौन दुर्व्यवहार गरेको भन्दै धरानकी एक महिलाले उजुरी दिएकी थिइन्।