कोरोना भाइरस प्रभावित अर्थतन्त्र बलियो पार्न चीनले डेढ खर्ब डलर खन्याउने
काठमाडौ । चीनले कोरोना भाइरस प्रभावित अर्थतन्त्र बलियो पार्न १खर्ब ७३ अर्ब अमेरिकी डलर खन्याउने भएको छ । प्राणघातक कोरोना भाइरसले चीनको आर्थिक बृद्धिलाई प्रभावित पार्ने भएको देखेर देश भर यो रकम बराबरको लगानी लगाउने चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ इन्डियाले जनाएको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध गराउन र मुद्रा बजार स्थिर राख्न यो रकम प्रवाहित गराउने उल्लेख गर्दै एक विज्ञप्ति जारी गरेको हो । कोरोना भाइरसले चीनमा १४ हजार भन्दा बढी मानिस संक्रमित भएको र ३सय बढी मानिसको मृत्यु भइसकेको छ ।
यसले गर्दा त्यहाँको अर्थतन्त्रलाई प्रभावित गर्ने भएको र अर्थतन्त्र प्रभावित हुने भएको देखेर यो रकम प्रवाहित गर्न लागेको जनाइएको हो । चीनले विभिन्न किसिमको मौद्रिक तथा ऋण सहयोगको कार्यक्रम ल्याउने जनाएको छ । औषधि कम्पनीहरूलाई कोरोना भाइरससँग लडनका लागि विशेष सहयोग गर्ने भएको छ ।
चीनमा करिब तीन दशक यता गत वर्ष चीनको आर्थिक बृद्धि घटेर ६.१ प्रतिशतमा आएको थियो । कोरोना भाइरसको यो अवधि लम्बिदै गए यसले अर्थतन्त्रलाई थप प्रभावित हुने भएकोले केन्द्रीय बैंकले यस्तो यो कार्यक्रम ल्याएको हो ।्
प्रतिक्रिया