सुनको मागले भारतको अर्थतन्त्रमा सुधार आउने अपेक्षा

सुनको मागले भारतको अर्थतन्त्रमा सुधार आउने अपेक्षा

काठमाडौ । भारतमा सुनको माग बढेर सुस्त अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरिएको छ । भारत दोस्रो ठूलो सुन उपभोग गर्ने देश हो । सन् २०१९मा ६९० टन सुनको तुलनामा यो वर्ष ७०० देखि ८०० टनबीच सुनको माग बढने भएबाट भारतको अर्थतन्त्रमा सुधार हुने अपेक्षा विश्व सुन परिषद्ले गरेको छ ।

भारत सरकारले उपभोक्ता विश्वास र खर्च शक्तिमा बृद्धि गर्ने प्रयास गरेकाले भारतको अर्थतन्त्र पुनर्जीवित हुने परिषद्ले विश्वास व्यक्त गरेको हो । भारतले बजेटको माध्यमबाट धेरै धन जनताको हातमा रहने विधि अपनाएको र यसले उपभोगलाई बृद्धि गराउने परिषदको भारतीय प्रवन्धक सोमसुन्दरम पीआरले जनाए ।

अर्थतन्त्रका लागि सरकारले अपनाएको सुधार कार्यक्रमबाट गहना उद्योगमा असर हुने छ । सुनको माग २५ प्रतिशतले बृद्धि भएपछि गत वर्ष घटेको थियो ।डिसेम्बर त्रैमासिकमा १८ प्रतिशतले माग घटेर आठ वर्ष यताकै न्यून बिन्दुमा झरेको थियो ।

जुलाईमा भारत सरकारले सुन आयातमा १२.५ प्रतिशत कर थपेपछि सुनको तस्करीलाई बृद्धि गरायो । सन् २०१९मा करिब ११५देखि१२० टन सुन भारतमा तस्करी भइआएको थियो ।