बलात्कार गरेर विदेश भाग्न खोज्ने हेमन सिंह विमानस्थलबाट यसरी समातिए...
काठमाण्डौ, २० माघ । जबरजस्ती करणी गरी विदेश भाग्न लागेका धादिङका हेमन सिंह बस्नेत पक्राउ परेका छन् ।
गजुरी गाउँपालिका ८ का बस्नेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
गएको जेठ १४ गते गजुरी गाउँपालिका ८ को हलेदेखोलाकी एक किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका सिंहलाई रोजगारीका लागि कुवेत जाने क्रममा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए ।
बाटो खन्ने काममा रहेका एक्स्काभेटर चालक बस्नेत १६ वर्षे युवतीलाई जबरजस्ती करणी गरेर फरार थिए ।
प्रतिक्रिया