शेयरबजारमा सामान्य बृद्धि, हाइड्रोका दिन आएकै हो त ?

शेयरबजारमा सामान्य बृद्धि, हाइड्रोका दिन आएकै हो त ?

साताको दोश्रो कारोबार दिन शेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । दिनभर निकै उतारचढाव विच बजार बन्द हुदाँ सामान्य अंकले बृद्धि भएर बजार बन्द भयो । लगानीकर्ताको रोजाइमा यसअगाडी खासै नपरेको हाइड्रो सेक्टरभने आज हरियाली बन्यो । आज पनि एक अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिजो २ अर्ब ७ करोडको कारोबार भएको थियो ।

सोमबार हाइड्रोको कारोबार बढ्दा बैंकिङ्ग समूह, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्सका शेयर सस्तोमा उठाउने लगानकर्ता भने नाफा बुक गर्न ब्यस्त देखिन्थे ।  आज विशेषगरी बैंकिङ्ग इन्डेक्सले नेप्सलाई साथ नदिएर नै नेप्सेले उलाई लिन सकेन ।  ब्रोकर अफिसमा भेटिने लगानीकर्ता भने हाइड्रोको पनि दिन आयो भन्दै खुसी ब्यक्त गर्थे । शेयरबजारमा कुनै समूह सामान्य करेक्सन हुनु र अर्को समूहमा लगानीकर्ता आकर्षित हुनुलाई सुन्दर पक्ष मानिन्छ । एउटा सेक्टरमा नाफा बुक गरेका लगानीकर्ता विस्तारै अर्को सेक्टरतर्फ सिफट् हुँदा त्यस्तो देखिएको हो । यद्यपी सिमित हाइड्रोपावर कम्पनी वाहेको पर्फरमेन्स त्यति उत्साहप्रद नहुँदा उक्त सेक्टर सवै खालका लगानीकर्तालाई उपर्युक्त नहुन सक्छ ।  
                                            
सोमबार १२ उपसमुहमध्ये ५ उपसमुह बढे भने बाँकी ७ उपसमुह नकारात्मक घटेका छन्। त्यस्तै कारोबारमा आएका मध्ये ७५ वटा कम्पनीको शेयरमूल्य बढ्यो भने ६९ वटा कम्पनीको शेयरमूल्य घटेको छ।

सोमबार नेप्से सूचक २.४९ अंकले बढेर १३४९.१३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १.१६ प्रतिशतले बढेर २८७.९१ विन्दुमा पुगेको छ। यस दिन १७७ वटा कम्पनीको ४७ लाख ८८ हजार कित्ता शेयर १७ हजार ६३३ पटक कारोबार भयो।