पत्रकारहरूद्वारा बेलायती प्रधानमन्त्रीको पत्रकार सम्मेलन बहिष्कार
काठमाडौ । राजनीतिक पत्रकारहरूले बेलायतको प्रधानमन्त्री कार्यालय नम्बर टेन डाउनिङ स्ट्रिटमा केही छानिएका पत्रकारहरूलाई मात्र जानकारी दिने योजना सरकारले बनाएपछि त्यसको विरोधमा सम्मेलन बहिष्कार गरेका छन् ।
द मिर, आइ ,हफपोस्ट, पोलिटिक्स होम, इन्डिपेन्डेन्टलगायतका पत्रकारहरूलाई पत्रकार सम्मेलनमा भाग लिनबाट रोकिएपछि सम्मेलन बहिष्कार गरिएको हो ।
प्रधानमन्त्री बोरिस जोन्सनका सर्वाधिक बरिष्ठ सल्लाहकार मध्ये एक ली केनले रोक लगाइएका पत्रकारहरूलाई सम्मेलन स्थल छोडनुपर्ने भने पछि पत्रकारहरूले बहिष्कार गर्ने निर्णय गरे ।
बहिष्कार गर्ने पत्रकारहरूमा बीबीसीका लाउरा कुनेसबर्ग, आइटीभीका रोबर्ट पेस्टनसहित द डेली मेल, टेलिग्राफ, सन, फिनान्सियल टाइम्स र गार्डियनका पत्रकारहरू रहेका थिए ।
प्रतिक्रिया