रूसले भारतका लागि एस ४०० क्षेप्यास्त्रको उत्पादन शुरू ग-यो

रूसले भारतका लागि एस ४०० क्षेप्यास्त्रको उत्पादन शुरू ग-यो

काठमाडौ । रूसले भारतका लागि एस ४०० क्षेप्यास्त्र सुरक्षा प्रणालीको उत्पादन शुरू गरेको छ । यो क्षेप्यास्त्र प्रणालीका लागि सन् २०१८मा गरिएको सम्झौताका प्रतिबद्धता पूरा गरिए पछि रूसले उत्पादन शुरू गरेको हो ।

अमेरिकाले भने यो क्षेप्यास्त्र प्रणाली न किन्न भारतमाथि दबाब बढाउँदा बढाउँदै पनि सम्झौता विफल पार्न नसकेको देखिएको हो । रूसका उद्योग तथा व्यापार मन्त्री डेनिस मन्तुरोभले भने “द अल्माज अन्टेले भारतका लागि एस ४०० प्रणालीको उत्पादन शुरू गरेको छ । रूसले यसको आपूर्ति सम्झौतामा उल्लेख गरिएको समय सीमा भित्र गर्नेछ ।”

भारतमा यसको तालिम केन्द्रहरू तयार गरिसकिएको पनि उनले जनाए । ५.४३ अर्ब अमेरिकी डलर बराबरको यो क्षेप्यास्त्र प्रणाली खरिद बिक्री सम्झौता गतवर्ष सम्पन्न भएको थियो । भारतमाथि अमेरिकाले यो सम्झौताबाट हटाउन दबाब दिआएको थियो ।