चीनद्वारा अमेरिकी स्वास्थ्य विज्ञलाई चीन आउन अनुमति
काठमाडौ । चीनले अमेरिकी स्वास्थ्य विज्ञलाई कोरोना भाइरसको उपचारमा सघाउन अनुमति दिएको छ । चीनको हुबेइबाट फैलिएको कोरोना भाइरसले सोमबारसम्म ४१४ जनाको मृत्यु भइसकेको छभने २३४५ जना संक्रमित फेला परिसकेको छ ।
चीनको स्टक मार्केट ८ प्रतिशतले सोमबार ढल्न पुग्यो । यसले ३ खर्ब ९३ अर्ब अमेरिकी डलर बराबरको घाटा एकै दिन भएको देखियो । यसैबीच चीनले अमेरिकी स्वास्थ्य विज्ञलाई कोरोनो भाइरसको उपचारमा सघाउन अनुमति दिएको हो ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संयुक्त राष्ट्रसंघको स्वास्थ्य नियोग हुको अध्ययन टोलीमा अमेरिकी विज्ञलाई सहभागी हुन अनुमति दिएको जनाएको हो ।
हुको टोली चीनको कोरोनाभाइरस प्रभावित क्षेत्रको अध्ययन गर्न र उपचारमा सघाउन चीन जाने भएको छ ।
८ दिन भित्र बनेको १००० शैय्याको अस्पताल सञ्चालन आउने भएको छ। हुले कोरोनाभाइरसलाई विश्वको संकटकाल घोषणा गरेको छ । यो भाइरस चीन बाहेक २३ देशमा फैलिएको छ ।
प्रतिक्रिया