चौधरी ग्रुप कर छली र बीमा ठगीमा माहिर

चौधरी ग्रुप कर छली र बीमा ठगीमा माहिर

काठमाडौं । चौधरी ग्रुपको देशकै नम्बर एक व्यावसायिक कम्पनी हो भन्ने कुरा विनोद चौधरी एक मात्र बिलिनियर हुन भन्दै फोब्र्समा सूचिकृत भएपछि मान्नै प¥यो । अहिलेसम्म अरु नेपाली फोब्र्समा सूचिकृत भएका छैनन् । फोब्र्समा सूचिकृत चौधरी ग्रुप राजश्व तिर्न भने अरु कम्पनीभन्दा पछि छ । सरकारले प्रत्येक बर्ष ठूला र उत्कृष्ट करदातालाई पुरस्कार प्रदान गर्दा चौधरी ग्रुपले पुरस्कार पाएको सुनिदैन । कर तिर्ने सवालमा चौधरी ग्रुप अरु व्यवसायी भन्दा निकै पछि छ । तर, कर तिर्ने बिषयमा मुद्दा मामिला गर्न भने चौधरी ग्रुप माहिर छ । ठूलादेखि सानो शिर्षकका करमा समेत चौधरी ग्रुपले छली गर्ने गरेको छ । छली गर्न नसकेका करमा भने मुद्दामामिला गरेर झुलाउने या दुःख दिने काम गर्दै आएको छ । 

प्रहरीदेखि सबैलाई प्रयोग गरेर १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको विवरण पेश गरिएको थियो । सो उद्योगबाट उत्पादित बिस्कुट केही बर्ष अघिसम्म नेपाली सेनाले खाने गरेको थियो । तर गुणस्तरीय बिस्कुट नभएका कारण सेनाले खान छोडेको बताइन्छ । पशुपतिको बिस्कुटको गुणस्तर खस्केपछि उद्योग संकटमा परेको थियो । सोही कारण आगलागीको नाममा रकम लिएर उद्योगलाई पुनः बलियो बनाउने षडयन्त्र अनुसार बीमा रकम लिइएको जानकारी प्राप्त भएको छ । 

नेपालमा विज्ञापन कर सुरु भएको केही समय भयो । स्थानीय सरकारले लिने विज्ञापन कर नतिर्न चौधरी ग्रुपले मुद्दामाथि मुद्दा दायर गर्ने गरेको छ । सबै कम्पनीले विज्ञापन गरेको विज्ञापन कर तिर्ने गरेका छन् । तर, देशभरमा विज्ञापन गर्ने चौधरी ग्रुपले विज्ञापन करको ठेक्का लिएका कम्पनीमाथि मुद्दा दायर गरेर कर तिरेको छैन । विज्ञापन करको करोडौं रुपैंया तिर्नुको बदला केही लाख रुपैंया खर्च गरेर शक्ति र प्रभावको धाकमा नियम विपरीत आदेश लिएर व्यवसायीहरुलाई चौधरी ग्रुपले दुःख दिएको छ । चौधरी ग्रुपकै कारण अन्य कम्पनीले पनि विज्ञापन कर तिर्न आनाकानी गर्ने गरेका छन् र स्थानीय तहले करोडौं रुपैंया राजश्व असुली गर्न सकेको छैन । चौधरी ग्रुपले जेमा पनि मुद्दामामिला गरेर कर छली गर्ने गरेको छ । चौधरी ग्रुपले ठगी गरेको, नियम विपरीत रकम लिएको, उपभोक्तालाई दुःख दिएको लगायतका मुद्दामामिलाको लामो फेहरिस्त छ । 

चौधरी ग्रुपले नक्कली आगलागीको नाममा समेत बीमा रकम असुल गर्ने गरेको छ । रोचक कुरा त के छ भने सामान्य आगलागी हुँदा (कतिपयको आशंका अनुसार आफै आगो लगाउने गरिएको छ ।) पनि ठूलो आगलागी भएको विवरण तयार गरी आफै शेयर साझेदार रहेको बीमा कम्पनीबाट अथाह क्षतिपूर्ति लिने गरिएको छ । यसको उदाहरण दिदै एक अधिकारीले भने चौधरी ग्रुपको शेयर रहेको युनाइटेड इन्सुरेन्सबाट धेरै पटक अनियमित तवरले बीमा रकम लिदै आएको छ । शेयर साझेदार रहेको सँस्था फाइदामा जाँदा पाउने बोनस र मुनाफा अत्यन्त कम हुने भएपछि चौधरी ग्रुपले सामान्य आगलागीलाई ठूलो बनाएर करोडौं रकम असुल्ने गरेको छ । 

सर्वसाधारणको बीमाको क्षतिपूर्ति रकम दिन आनाकानी गर्ने युनाइटेड इन्सुरेन्सले चौधरी ग्रुपलाई भने हचुवाको भरमा बीमा रकम उपलब्ध गराउने गरेको छ । २०६९ सालमा सिजी ग्रुपको उद्योग रहेको सतुङ्गलमा आगलागी भएको थियो । आगलागी भएपछि चौधरी ग्रुपले युृनाइटेड इन्सुरेन्सबाट ५८ करोड ९७ लाख ७० हजार छ सय ३२ रुपैयाँ लिएको थियो । सो बिषयमा मुद्दा परेपछि दुई बर्ष अघि मात्र चौधरी ग्रुपले २४ करोड रुपैयाँ बढी लिएको भन्दै असुल गर्न उच्च अदालत पाटनले आदेश दिएको थियो । हाल पनि सो रकम नतिरी मुद्दा हालेर तन्काउने काम भइरहेको छ । किर्ते दाबी गरेर सहज तवरले रकम लिने चौधरी ग्रुपले आगलागीको नाममा पटकपटक बीमा कम्पनीबाट रकम लिने गरेको छ । 

गत बर्ष सुनसरीको इटहरीस्थित दुहबीमा रहेको चौधरी ग्रुपकै स्वामित्वको पशुपति विस्कुट उद्योगमा आगलागी भयो । सामान्य आगलागी भए पनि बीमा रकम भने अथाह असुलउपर गरेको छ । युनाइटेड इन्सुरेन्सका एक अधिकारीले कति रकम भुक्तानी भएको जानकारी दिन नमिल्ने बताउँदै सामान्य आगलागीमा पनि ठूलो रकम भुक्तानी भएको बताए । प्रहरीदेखि सबैलाई प्रयोग गरेर १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको विवरण पेश गरिएको थियो । सो उद्योगबाट उत्पादित बिस्कुट केही बर्ष अघिसम्म नेपाली सेनाले खाने गरेको थियो । तर गुणस्तरीय बिस्कुट नभएका कारण सेनाले खान छोडेको बताइन्छ । पशुपतिको बिस्कुटको गुणस्तर खस्केपछि उद्योग संकटमा परेको थियो । सोही कारण आगलागीको नाममा रकम लिएर उद्योगलाई पुनः बलियो बनाउने षडयन्त्र अनुसार बीमा रकम लिइएको जानकारी प्राप्त भएको छ । 

आफै बीमा दाबी गर्ने र आफै बीमा भुक्तानी गर्ने चौधरी समूहकै कारण युनाइटेड इन्सुरेन्स पनि विवादमा पर्दै आएको छ । आफै साझेदार रहेको बीमा कम्पनीबाट रकम लिनु अनैतिक भए पनि चौधरी ग्रुपले त्यसको कुनै वास्ता गरेको छैन । यसअघि विवादास्पद व्यापारी राजेन्द्र खेतान पनि यस्तै काण्डमा मुछिएका थिए । खेतानको कम्पनी मायोजमा आगलागी भएपछि खेतानकै लगानी रहेको एभरेष्ट इन्स्योरेन्सले अग्नि बीमा दाबी भुक्तानी गरेको थियो । एभरेष्ट इन्स्योरेन्सलाई केही समय सोही कारण अग्नि बीमा कारोबारमा रोक लगाइएको थियो । तर, चौधरी ग्रुुपले जथाभावी रकम लिंदा पनि युनाइटेड इन्सुरेन्समाथि कुनै कारबाही भएको छैन । समयबद्ध साप्ताहिकबाट