मानवरहित उडने वस्तु जालमा पार्ने चीनमा विकसित एआइ ड्रोन बनाउदै पेन्टागन
काठमाडौ । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले आफ्नो अखाडा नजिक उड्ने ड्रोन जस्तु वस्तुलाई जालमा पार्ने वा मार हानी खसाउन सक्ने कृत्रिम बौद्धिकता( आर्टिफिसियल इन्टेलिजेन्स–एआइ)आधारित ड्रोन बनाउन लागेको हो ।
पेन्टागनले यो ड्रोन हन्टर बनाउन फोर्टेम टेक्नलजिजसँग त्यससम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको एक प्रतिवेदनमा उल्लेख छ ।यस्तो ड्रोन एआइ र रडार प्रणालीसहित हुन्छ । हावामा कुनै त्यस्तो वस्तु देख्ने वित्तिकै ड्रोनले जाल फाल्ने र त्यसलाई भूइँमा झार्ने छ ।
यो कार्यका लागि ड्रोन हवाइ सुरक्षा राम्रो हुने देखेर पेन्टागनले यो सम्झौता गरेको हो ।“देशका महिला पुरूषमाथि ड्रोन आक्रमण बढन लागेको देखिएको छ । फोर्टेमसँग यस्ता धेरै प्रविधिहरू रहेको छ जसले सैनिक अखाडालाई बिना कुनै प्रतिकूल असर पार्दै स्थानीय समुदायलाई सुरक्षित राख्न सक्छ ।” यो सम्झौताबारे प्रतिरक्षा मन्त्रालयको एक वक्तव्यमा उल्लेख गरिएको डेली मेलले जनाएको छ ।
साथै ड्रोन हन्टरले पेन्टागनलाई सर्वाधिक सही, कम लागत र सानो क्षेत्र ओगटेको रडार प्रणाली उपलब्ध गराउनेछ । ड्रोन हन्टरले आफू र हावामा उडने अर्को वस्तु वा ड्रोन बीचको दुरी पनि बताउने छ ।
चीन सहित अन्य सरकारले यसप्रकारको प्रणाली प्रयोगमा ल्याएको बुझिएको छ । यस्तो ड्रोनको डिजाइन चीनको एयरोस्पेस साइन्स एन्ड इन्डस्ट्री कोरपोरेशनले तयार गरिएको बुझिएको छ । यो चीन सरकारको स्वामित्वमा रहेको कम्पनी हो ।
।
प्रतिक्रिया