यसरी गुञ्जियो बालुवाटारमा प्रधानमन्त्रीको बाँसुरी धुन ...

यसरी गुञ्जियो बालुवाटारमा प्रधानमन्त्रीको बाँसुरी धुन ...

काठमाण्डौ, २२ माघ । बालुवाटारमा आयोजित सारंगी साँझमा प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार सहभागी भए ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उनी सहभागी भएका हुन् । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाएको कला प्रतिष्ठानका महासचिव डा. देवी नेपालले जानकारी दिए । पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियोु, डा. नेपालले भने। 'त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।'

डा. नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
सारङ्गी साँझमा पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन बजाइएको थियो ।

नाट्य प्रतिष्ठानका झण्डै ३० जना कलाकारले विभिन्न बाजाको धुन बजाएका थिए । धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गरेका हुन् ।