ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले ललिता निवासको जग्गा खरिद बिक्री प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो। मुद्दा दर्तासँगै गच्छदारको साँसद पद समेत निलम्वनमा परेको छ ।
आयोगले जग्गा प्रकरणको विषयमा अध्ययन गर्न बनेको छानवीन समिति र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदनको आधारमा पूर्वमन्त्रीहरू छविराज पन्त,डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी विरुद्द पनि मुद्दा दायर गरेको छ ।
भूमाफिया भनेर चिनिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित व्यापारी मिनबहादुर गुरूङलाई पनि अख्तियारले मुद्दा चलाएको छ।
त्यसैगरी पूर्व सचिव दिनेशहरि अधिकारी, पूर्व प्रमुख आयुक्त दीप बस्नेतलगायत अन्य विरुद्ध मुद्दा दायर भएको छ। बालुवाटारको ललिता निवासको २१९ रोपनीमध्ये ११४ रोपनी जग्गा कर्मचारी र भूमाफियाहरुको मिलोमतोमा व्यक्तिको नाममा बनाइएको थियो। सोही प्रकरणामा आयोगले उनीहरू विरुद्द मुद्दा हालेको हो।
प्रतिक्रिया