अमेरिकाको केन्द्रीय बैंक ‘फेडकोइन’ ल्याउँदै
काठमाडौ । अमेरिकाको कन्द्रीय बैंक ‘ द फेडरल रिजर्भ’ले इन्टरनेट प्रविधिमा आधारित ‘डिजिटल मुद्रा’ ‘फेडकोइन’ ल्याउने विषयमा विचार गरिरहेको छ । डिजिटल भुक्तानी र डिजिटल मुद्रासम्बन्धी नीति, डिजाइन र वैधानिक बुझाइ जस्ता विषयमा व्यापक छलफल गर्न खोजिरहेको गर्भनर लाएल ब्रेडयार्डले जनाएकी छिन् ।
ब्रेनयार्डको यो भनाइ फेडकोइनको बारेमा विगतको भन्दा अहिले बढी खुलारूपमा रिजर्भ बैंक अगाडि आएको देखिएको छ । स्टायनफोर्ड ग्राडुएट स्कूल अफ बिजनेसमा भुक्तानी विषयमा आयोजित कार्यक्रममा ब्रेनयार्डले डिजिटल मुद्राको बारेमा यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।
त्यसक्रममा ब्याज दर वा विद्यमान आर्थिक परिदृश्यको बारेमा केही उल्लेख नगरेकी ब्रेनयार्डले फेडकोइनको विषयमा बोलेकी थिइन । उनले भनिन्“ डिजिटलीकरणको भुक्तानी रूपान्तरण विधिले न्यून लागतमा ठूलो मूल्य सहजता साथ भुक्तानी गर्न सकिन्छ ।”
तर यहाँ जोखिम पनि रहेको बताउँदै उनले भनिन् “फेसबुकको लिब्रा जस्ता निजी क्षेत्रको डिजिटल मुद्रा परियोजनाको जोखिम फेडरल रिजर्भ र विश्वका केन्द्रीय बैंकका लागि रहेको छ ”
नयाँ प्रकारको खेलाडीहरूले वित्तीय प्रणालीमा प्रवेश गरी डिजिटल मुद्राको चुनौती थपि दिएको उनले जनाइन् ।
डिजिटल मुद्राको गुप्त भुक्तानी , वित्तीय स्थिायित्व र मौद्रिक नीतिको स्थानान्तरण जस्तो विषय केन्द्रीय बैंकहरूका लागि चुनौतीको विषय हो । केन्द्रीय बैंकहरूले ‘बिटकोइन’ले प्रयोग गरेको खाता प्रणाली र डिजिटल वित्तीय प्रणालीको प्रवन्धबारे विश्व व्यापीरूपमा छलफल गरिरहेका छन् ।
न्यून लागतमा ठूला भुक्तानीको यो विधि आगामी दिन हुन सक्ने विषयमा यो छलफल भइरहेको छ ।फेडले पनि यस्तो विषयमा आफ्नो डिजिटल भुक्तानी मुद्रा र प्रणालीको विकास गरिरहेको उनको भनाइ थियो । दुई वर्ष यताकै एक कार्यक्रममा उनले डिजिटल कोइन बाध्यकारी नहुने बताएकी थिइन ।
प्रतिक्रिया