वैदेशिक रोजगारमा अझ सीप बिना जाने महिला बढी
काठमाडौ । वैदेशिक रोजगारमा जाने महिलाहरूमा सीप बिना जाने महिलाको संख्या अझ बढी रहेको पाइएको छ । सरकारले सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारमा जान प्राथमिकताको नीति लिए पनि बढी महिला सीपबिना नै जाने गरेको पाइएको हो ।
वैदेशिक रोजगार विभागको एक प्रतिवेदन अनुसार यस्तो देखिएको हो । सो प्रतिवेदनले सीप लिएर जाने पुरुष भन्दा सीप लिएर जाने महिलाको संख्या कम रहेको पाइएको हो । वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत सीप नभएको अदक्ष श्रमिक रहेका छन् ।
वैदेशिक रोजगारमा जाने नेपाली महिलाको मुख्य श्रम गन्तव्य कुवेत रहेको छ ।सार्वजनिक आर्थिक वर्ष २०७५÷७६ को प्रगति प्रतिवेदनअनुसार गत वर्ष सबैभन्दा धेरै महिला कुवेत गएका छन् । खाडीका अन्य मुलुकहरूमा मुख्य गन्तव्यको रूपमा कतार, साउदी अरेबिया, यूएई, मलेसिया रहेका छन् ।
यसैगरी महिलाका लागि कुवेतपछि रोजगार गन्तव्य मुलुक जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, टर्की, इजरायल, इजिप्ट, लेबनान, स्विडेन रहेका छन् ।
।
प्रतिक्रिया