प्रतिनिधिसभा सदस्यबाट गच्छदार निलम्बित

प्रतिनिधिसभा सदस्यबाट गच्छदार निलम्बित


काठमाडौं, २३ माघ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै नेपाली कांगेसका संसद विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । 

मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा उनले संसदमा प्रवेश हुन पाउने छैनन्। अख्तियारको दाबी अदालतबाट ठहर भए गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ। राजनीतिक दलसम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि निर्वाचनमा उम्मेदवार हुन पाउँदैन।