गच्छदारलाई भ्रष्टाचार मुद्धा लगाएको झोकमा कांग्रेसले गर्यो संसद बैठक अवरुद्ध

गच्छदारलाई भ्रष्टाचार मुद्धा लगाएको झोकमा कांग्रेसले गर्यो संसद बैठक अवरुद्ध

काठमाडौँ, २३ माघ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि मुद्दा दायर गरेकोमा संघीय संसद् बैठक अवरुद्ध गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले फरक पार्टी र विचारको आधारमा रहेर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ताको लाचार छाया बनेर मुद्दा दायर भएको आरोप लगाएको छ । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि मुद्दा दर्ता गरेको भन्दै सच्च्याउन माग गरेकी थिइन्।

भुसालले भनाइ राखिसकेपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए। त्यसक्रममा सभामुख अग्‍नि सापकोटाले थुप्रै विधेयकहरुमाथि छलफल गर्नु पर्ने भन्दै संसद् अवरुद्ध नगर्न आग्रह गरेका थिए। तर कांग्रेसले अवरुद्ध जारी राखेपछि सभामुख सापकोटाले शुक्रबार अपराह्‍न बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।