चीनबाट ल्याइए सबै भारतीयमा कोरोनाभाइरस नभएको पुष्टि

चीनबाट ल्याइए सबै  भारतीयमा कोरोनाभाइरस नभएको पुष्टि

काठमाडौ । चीनबाट भारत ल्याइएका सबै ६४५ भारतीय नागरिकमा कोरोनाभाइरसको संक्रमण नभएको पाइएको छ । ल्याइएका सबै नागरिकको परीक्षण नकारात्मक परिणाम दिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

उनीहरूलाई दिल्लीको छावलास्थित आइटीबीपी क्याम्प र मानेसरको सैनिक शिविरमा राखिएको छ । यसैबीच चीन र अमेरिकाबीच व्यापार युद्ध फेरि चर्किने आंशका बढने देखिएको छ ।

अमेरिकी कम्पनी गिलियड साइन्सले कोरोनाभाइरससँग जुध्न एक औषधि बनाएको छ । उसले यसको विशेषाधिकार पेटेन्ट पाउनुपर्ने माग गरी आवेदन दिएको छ । अर्को तर्फ यसको पेटेन्ट आफूले पाउनुपर्ने चीनको दाबी छ । चीन सरकारको उहान इन्स्टिच्युट अफ भाइरोलजिले पेटेन्टको कुरो गरेको छ । 

विश्वमा कोरोना भाइरसबाट ५६५ जनाको मृत्युमा चीनका ५६३ जना रहेका छन् । हंगकंग र फिलिपिन्समा १–१ जनाको मृत्यु भएको । अहिलेसम्म चीनमा १२३० जना संक्रमणबाट मुक्त भएको छन् । कोरोनाइभाइरसको उपचारबाट सबै भन्दा बढी भाइरस मुक्त हुने चीनको हुबेइमा रहेका छन् । हुबेइमा ६७१, थाइल्यान्डमा ५, जापानमा १ भियतनाममा १ व्यक्ति रोगबाट निको भएका हुन् ।

संयुक्त राष्ट्रसंघीय नियोग हुले यसलाई अन्तर्राष्ट्रिय संकटकालको घोषणा गरेको छ ।