कोरोनाभाइरस फैलिन नदिन ६७ करोड बढी डलर आवश्यक हुने हुको भनाइ

कोरोनाभाइरस फैलिन नदिन ६७ करोड बढी डलर आवश्यक हुने हुको भनाइ


काठमाडौ । संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन हुले  कोरोनाभाइरस फैलिन नदिन ६७ करोड ५० लाख अमेरिकी डलर आवश्यक भएको जनाएको छ । कमजोर स्वास्थय प्रणाली भएका राष्ट्रहरूलाई सुरक्षित पार्न र कोरोनाभाइरस फैलिन नदिन यो रकम आवश्यक हुने हुले जनाएको हो ।

हुका महानिर्देशक टेड्रोस अधानोम गेबे्रससले विभिन्न देशमा यसलाई रोक्न र आवश्यक निर्देशिकाको विकास गर्न रणनीतिक तयारीका लागि यो रकम आवश्यक हुने बताए । यो रकम तीन महिनामा खर्च गर्न आवश्यक हुनेछ । यसका लागि अन्तर्राष्ट्रि सहयोग र प्रावधिक सहयोगका लागि सक्दो छिटो संयन्त्रण बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको देशमा यो भाइरसको रोकथामका लागि आवश्यक प्रवन्ध मिलाउनुपर्ने आवश्यकता टडकारो रहेको उनले जनाउँदै यो रकम आवश्यक हुने बताए ।