जनयुद्धको घोषणा गरी सीले ट्रम्पलाई जित्ने बताए 

जनयुद्धको घोषणा गरी सीले ट्रम्पलाई जित्ने बताए 

काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेलिफोन गरी कोरोनाभाइरसलाई पराजित गरी छाडने बताएका छन् । कोरोनाभाइरसबारे पहिले  सचेत गराउने डाक्टरको मृत्युपछि आलोचना फैलिरहेका बेला सीले ट्रम्पलाई यस्तो बताएका हुन् ।

चिनियाँ टेलिभिजनले जनाए अनुसार सीले कोरोनाभाइरस महामारीको उपचारबाट प्राप्त परिणामले विश्वास पलाएको र यसले आर्थिक विकासमा दीर्घकालीन प्रभाव नपर्ने ट्रम्पलाई टेलिफोन गरी बताएका हुन् ।

यस अघि सीले कोरोनाभाइरस विरूद्ध लडन देशमा जनयुद्धको घोषणा गरेका थिए । उनको त्यो भनाइप्रति  कोरोना भाइरस विरूद्ध समग्र देश एक भएको र यसको नियन्त्रण तथा रोकथाम प्राप्त गर्ने विश्वास सीले व्यक्त गरेका हुन् ।