भारतले पाकिस्तानसँग जलयुद्ध किन गर्न सक्दैन ?

भारतले पाकिस्तानसँग जलयुद्ध किन गर्न सक्दैन ?

कतिपयले पानीका लागि नै तेस्रो विश्वयुद्ध हुन सक्ने अड्कल गरेका छन् । पानीको अभाव दुनियाँमा तेस्रो विश्वयुद्ध गराउन सक्ने यसैका लागि गरिएको हो । विश्वव्यापी द्वन्द्व वा शस्त्रीकरण दुश्मनलाई जित्न विश्वभर प्राकृतिक स्रोत साधनको संरक्षणका लागि नै गरिन्छ । त्यसमध्ये पानी पनि एक प्राकृतिक स्रोत साधन हो ।

हालै मात्र भारतको पुलवामामा आक्रमण गरिएको छ । त्यसमा भारतका सुरक्षा बलको मृत्यु भयो । मृत्यु भएपछि त्यहाँको संघीय सरकारका एक मन्त्री नितिन गडकरीले एक सातापछि ट्विटे “पाकिस्तानलाई दिइएको पानी रोक ।”


यो आक्रमण पाकिस्तानमा क्रियाशील मुस्लिम संगठनले गराएको र त्यस्ता संगठनहरूमा पाकिस्तानले कुनै कारबाही नगरेकाले पाकिस्तानलाई दिइएको पानी रोक्नुपर्ने आग्रहसहितको यो ट्विटले पाकिस्तानसँग पानी युद्ध गर भन्ने अर्थ लाग्छ ।

पाकिस्तानका विरूद्ध भारतीय पक्षबाट यस्ता अभिव्यक्ति सार्वजनिक भएको यो पहिलो पटक होइन । भारतमा यस्ता हिंसात्मक आक्रमण पाकिस्तानस्थित मुस्लिम संगठनहरूले गराइरहेका हुन्छन ।

यस्ता हिंसात्मक घटनाहरूपछि भारतमा पाकिस्तान विरूद्ध आक्रोश पोख्न वातावरण बन्ने गरेकै छ । यो पटक हुनुमा राजनीतिक स्वार्थ बढी हुन सक्नुमा अनौठौ मान्ने ठाउँ छैन् । भारतमा संघीय संसदको निर्माणका लागि चुनाव हुन केही महिनाअघि मात्रै पुलवामा आक्रमणलाई सत्तापक्षले चुनाव जित्न गराएको चलखेलको रूपमा पनि लिइएको पाइन्छ ।

तर संघीय मन्त्री गडकरीले पाकिस्तानको पानी रोक भनेर ट्विट गर्नुको पछाडिका सन्दर्भमा भारतले पाकिस्तानसँग जलयुद्ध गरी छाड्छ त भन्ने बहस निम्त्याएको छ ।

भारतीय उपमहाद्विपमा पानी युद्धकै लागि हतियारको होडबाजी नहोस भन्ने उद्देश्यले ५० वर्षअघि विश्व बैंकको मध्यस्थतामा एक जल सम्झौता भयो । सिन्धु नदीको जल सम्झौता सन् १९६० मा भएको थियो । यो पानीसम्बन्धी परियोजनामा सिन्धु नदी प्रणालीमा छ वटा नदीको पानीलाई जम्मा गर्ने योजना थियो । यी नदीहरू हिमाली क्षेत्रबाट बगिरहने नदीहरू हुन् । यो परियोजनाले पानीका लागि हुने शस्त्रको होडबाजीलाई रोक्न सकेको देखियो ।

भारत पाकिस्तानबीच युद्धोन्मुख तनाव विशेषगरी काश्मिरका विषय समयमा हुने गरेको पाइन्छ । यो जल सम्झौतामा तीन नदी पाकिस्तानको तर्फबाट सिन्धु, झेलम र चेनाब र भारतको तर्फबाट रावि, बेअस र सतलज गरी छ नदीलाई जोडिएको थियो ।

यो परियोजनाको प्राविधिक भ्रमणहरू भारत र पाकिस्तानको तर्फबाट वर्षको दुई पटक गर्नुपर्ने प्रावधान रहेको थियो । यो भ्रमणका क्रममा यो परियोजनाका बारेमा पानीको बहावको बारेमा अध्ययन गर्ने र आँकडा संकलन गर्ने गरी एक संयन्त्र बनाइ सूचनाको आदान प्रदान गर्ने र सम्भावित विवादलाई व्यवस्थित गर्ने विषय समावेश गरिएको थियो ।

सन् २०१६ मा उरीमा आक्रमण भयो । त्यतिखेर भारतले द्रुतगतिमा तयार पारिने प्रतिबद्धता जनाइएको परियोजनाको बर्सेनी दुई पटक गर्ने भनिएको वार्तालाई खारेज ग¥यो । पूर्वका नदीहरूलाई जोडेर तीन राष्ट्रिय परियोजनाको घोषणा सन् २००९ मा गरिएको थियो । शहपुरकन्डी र उझ ड्याम र बेअस सतलज नदी जोड्ने परियोजनाका लागि तय गरिएका बर्सेनी दुई पटक वार्ता गर्ने प्रावधानलाई खारेज गरिएको थियो ।

उपलब्ध आँकडा अनुसार भारतको १० प्रतिशत उपयोग गर्न नसकिएको पानी पाकिस्तान भएर बग्छ । सन् २०१६ मा भारतको यो पानीको उपयोग बिजुली निकाल्न वा कृषिको कामका लागि उपयोग हुन नसकेको उल्लेख गरिएको थियो ।

यस परिदृश्यमा भारतको संघीय मन्त्री गडकरीको ट्विटले उठाएको प्रश्न अझ महत्व बोकेको छ । पछिल्ला तीन वर्षमा भारतभित्र पानीका नयाँ युद्धलाई पन्छयाउने गरी गर्नुपर्ने काम भएको पाइदैंन । भारत र पाकिस्तानबीचको सम्बन्धलाई नजिकबाट काम गरी नियालेका  कूटनीतिक स्रोत र पानीको साझेदारी सम्बन्धी विवाद समाधान गरी अनुभव बटुलेको विज्ञहरूको बुझाइ यस्तै रहेको पाइएको अशोका युनिभर्सिटीमा सञ्चार अध्ययन विभागका सह प्राध्यापक माया मीरचन्दानीले “ह्वाइ इन्डिया क्याननट अफोर्ड टु फाइट फायर विथ वाटर” मा धारणा व्यक्त गरेकी छिन् ।
भारतका जम्मु– काश्मिर, पञ्जाब र हरियाणाले तीन नदीको पानीमा पहुँच कायम गर्न र त्यसको उपयोग गर्न एक आपसमा भिडन्त गरिरहेका छन् । जम्मु–काश्मिर र पञ्जाबलाई शहपुरकन्डी ड्याम परियोजनाको कार्यान्वयनका लागि गरिएको सम्झौतामा हस्ताक्षर हुन भन्डै ४० वर्ष लाग्यो । भारतको संघीय सरकारको हस्तक्षेपबाट सन् २०१८ मा यो सम्झौतामा हस्ताक्षर भएको थियो ।
यो सम्झौता र यसको कार्ययोजना अन्तर्गत दुई सय छ मेगावाट जलविद्युत उत्पादन गर्ने, दुई प्रान्तलाई ३७ हजार एक सय ७३ हेक्टर कृषिभूमिमा सिँचाइ गर्न पानीको वितरण गरिनेछ । जस अन्तर्गत पञ्जाब प्रान्तमा पाँच हजार हेक्टर कृषिभूमिमा सिँचाई गर्न र बाँकी जम्मुको कठुवा क्षेत्रको भूमिलाई सिँचाई गर्न पानी उपलब्ध हुने भनिएको छ । यो परियोजना सन् २०२० सम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
रावी नदीको उझ ड्याम बेअस सतलज र सतलज यमुना जोड्ने नहर जस्ता पञ्जाबका लागि झगडाको बिउ रहेको छ । नदी जोड्ने परियोजनाले जम्मु काश्मिर, पञ्जाब, हरियाणा, हिमाञ्चल र राजस्थानलाई बराबरी पानी बाँडने उद्देश्य लिएको छ ।

त्यसैले पुलवामा आक्रमणको एक सातापछि भारतको संघीय मन्त्री गडकरीले पाकिस्तान विरूद्ध गरेको ट्विटजस्तै सत्ताधारी भारतीय जनता पार्टीका प्रभावशाली नेताहरूले पाकिस्तान विरूद्ध गरेका सार्वजनिक अभिव्यक्तिहरूको अर्थ सिन्धु नदी सम्झौताको विरोध गर्नेहरूलाई नयाँ धाप दिनु बाहेक अन्य केही हुँदैन् । जेश–ए– मोहम्मद जस्ता हिंसात्मक संगठनको सहयोग गर्ने पाकिस्तानको विरोधमा सार्वजनिक जनमत कायम गर्नु बाहेक गडकरीको टिप्पणीको अर्थ देखिदैन । पानीको हिस्सा पाकिस्तानलाई दिन नहुने भनाइले जनतालाई सहजै मूर्ख बनाउन सक्ने बुझाइ यस्ता अभिव्यक्तिको पछाडि रहेको देखिन्छ ।

तथ्य के हो भने दुई वर्षअघि भारतले गरेको घोषणाका सन्दर्भमा केही हुने छैन । यो नयाँ परियोजना मात्रै होइन अन्तर्राष्ट्रिय समुदायको बलियो समर्थन रहेको यो परियोजना हो ।

पाकिस्तानले यस्ता हिंसात्मक गतिविधिका बारेमा दोहोरो भूमिका खेलिरहने विषय अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो छवि जोगाउन सक्दैन ।
पाकिस्तानले सिन्धु जल सम्झौताको विरोध गरी पछि हट्न खोजे पनि भारतलाई यसको असर दीर्घकालमा पर्न सक्छ ।
भारत जो आफूलाई विश्वको एक जिम्मेवार अगुवा देश बन्न खोजेको छ, जसलाई राष्ट्रसंघको उच्चतम मेचमा बस्ने गरी आर्थिक तथा राजनीतिक शक्ति बन्ने लक्ष्य छ । त्यो भारतले दैनिक जीवनलाई प्रभाव पार्ने प्राकृतिक स्रोतसाधनका विषयमा भएका सम्झौता र तिनका प्रतिबद्धतालाई सम्मान गर्नुपर्ने आवश्यकता सहप्राध्यापक मीरचन्दानीको बुझाइ छ ।

यो परियोजना अन्तर्देशीय जल सम्झौता मात्रै नभएर दुई खुला शत्रु देशबीच भएका जल सम्झौता हो जुन युद्धग्रस्त देशका जनताको हितमा बनाइएको एक उच्चस्तरीय वैश्विक मापदण्डमा आधारित सम्झौता हो । बंगलादेशका ५४ नदीहरू भारत भएर बग्छन् । यो जलविवाद बंगलादेशसँग लामो समयसँग रही आएको छ । यसैगरी चीनले ब्रह्मपुत्रमा ड्याम बनाइरहेको छ । जसको सम्बन्ध भारतसँग रहेको छ । नेपालमा पनि भारतसँग जल विवाद चर्काे छ । त्यसैले तल्लो र उपल्लो तटीय सम्बन्धका दुबै विवाद भारतसँग छ ।

त्यसैले भारतले वर्तमान विश्वको मञ्चमा महत्वपूर्ण स्थान पाउन नैतिक रूपमा कमजोर हुने खालका गतिविधिबाट आफूलाई पन्छाउनु पर्ने आवश्यकता रहेको छ । समयबद्ध साप्ताहिकबाट