सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

सिन्धुली, २४ माघ । प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा रहेको रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ ।

तपस्वीको भेषमा बस्दै आएका बम्जनमाथि व्यक्ति हत्या तथा हिंसा, व्यक्तिलाई बेपत्ता बनाएको लगायतका आरोप लागेका छन् ।

बिहीबार अदालतबाट पक्राउ अनुमति पाएको प्रहरीले शुक्रबार बिहानै बम्जनको आश्रम क्षेत्रलाई घेरा हालेर छापा मारे पनि अहिलेसम्म बम्जन नभेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बम्जनका अनुयायी ज्ञानबहादुर बमजनलाई सोधपुछका लागि पक्राउ गरेको छ । आश्रमस्थलमा अहिले प्रहरीले घेराउ गरेको छ । बम्जनमाथि एक जनाको हत्या गरेको, केही आनीहरुलाई बेपत्ता बनाएको लगायतका आरोप लागेका छन् ।

सिन्धुली जिल्ला अदालतले बम्जनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो ।