अमेरिका–उत्तर कोरिया वार्ताः विना सम्झौता टुंगियो

अमेरिका–उत्तर कोरिया वार्ताः विना सम्झौता टुंगियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचको दोस्रो शिखर वार्ता बिना सम्झौता टुंिगएको छ । वार्तास्थलबाट निर्धारित समय भन्दा दुई घन्टा अघि यी दुई नेता एक्ला एक्लै निस्कने भएका छन् ।

बुधबारदेखि यी दुई नेता भियतनाममा आफ्नो दोस्रो शिखर वार्तामा संलग्न भए पनि हस्ताक्षर गर्ने गरी यो वार्ता फलदायी नभएको ट्रम्पले बताए । बुधबार उनले किमलाई भेट्दा ठूलो नेता भएको टिप्पणी गरे पनि बिहीबार भने वार्ताबाट हस्ताक्षर हुने गरी फलदायी नभएको बताए ।

पत्रकारहरूसँगको कुराकानी ट्रम्पले भने “धेरै फलदायी र रुचिकर भयो । तर तपाईहरूलाई अझ केही हिड्नु पर्ने भयो ।”

यसैगरी अमेरिकी विदेशमन्त्री माइक पेम्पोओले पनि वार्ता राम्रो भए पनि उत्तर कोरियासँग हस्ताक्षर गर्ने खालको तहमा नपुगेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनले हास्य सम्राटको रूपमा चिनिएका अभिनेता चार्ली च्यापलिनले हनिमुन मनाएको भियतनामको पाँच तारे होटलमा बसेर कोरियाली प्रायःद्वीपलाई परमाणु हातहतियारबाट मुक्त गराउन दोस्रो शिखर वार्तालाई निरन्तरता दिने गरी टुंग्याउन खोजेका थिए ।