भ्रष्टाचारी सांसदलाई जोगाउन माग गर्दै काँग्रेसद्वारा संसद बैठक अवरुद्ध

भ्रष्टाचारी सांसदलाई जोगाउन माग गर्दै काँग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेm आजको बैठक पनि अवरुद्ध गरेको छ । सांसद विजयकुमार गच्छदारलाई बालुवाटार जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको भन्दै कांग्रेसले दोस्रो दिन पनि सदन चल्न नदिएको हो ।  

बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दल कांग्रेसका सांसदहरु उठेर सदन अवरुद्ध गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसद मिन बहादुर विश्वकर्मालाई आफ्ना विषय राख्न अनुरोध गरेका थिए । 

लगतै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै दुरुपयोग भएको भन्दै विरोध जनाउने बताए । ससांसद विश्वकर्माले नेकपा नेतृत्वको सरकारले आफ्नालाई जोगाउँदै कांग्रेसका नेताहरुलाई सिद्याउने नीति सरकारले लिएको दाबी गरे । 

अख्तियारमा सरकारको छाया परेको भन्दै उनीहरुले आजबे कैठक अवरोध गरेका हुन् । चोरी गरेको मान्छेले चोरी गरेको सामान फिर्ता गर्छु भन्यो भने के गर्ने भन्ने प्रश्न गरे ।

उनले अघि भने, ‘यो सरकारको छायाँ बन्यो कि भनेर हिँजोसम्म शंका मात्र लागेको थियो । हिँजो सरकारका प्रवक्ताले अख्तियारको कामकारबाही पनि सरकारको उपलब्धी हो भन्नु भएछ । सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छेहरुलाई थुन्ने, कांग्रेसका मान्छेहरुलाई दोष लगाउने जुन प्रपञ्च रचियो, त्यसमा राजनीतिक प्रतिशोध छ कि छैन ?’

ललिता निवास जग्गा प्रकरणमा मुसिएका गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ । कांग्रेसले बिहीबार पनि बैठक अवरुद्ध गरेको थियो ।