प्रचण्डको प्रश्नः सरकारको काम कारबाही उल्टो दिशामा त छैन ?
काठमाडौं, २४ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूले माथिबाट गरेको घोषणा र तल पिँधमा जनताले गरेको महसुसको बीचमा ‘कन्ट्राडिक्सन देखेको बताएका छन्। उनले सरकारको घोषणा र जनताले गरेको अनुभूतिबीच ठूलो विरोधाभास रहेको पनि बताए ।
राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार गरेको कार्यक्रममा उनले भने, ‘जनताले अर्कै महसुस गरिरहेको छ । हामीमाथि निकै राम्रो गरेका छौं भन्ठानेका छौं । हाम्रो नियत खराब छैन होला, हामीले राम्रो गर्न खोज्यौं होला, तर राम्रो गर्न खोज्नु एउटा कुरा हो । राज्यको हैसियतले जनताले त्यो कुरा महसुस गर्नु अर्को कुरा हो ।’
अध्यक्ष प्रचण्डले जनताले महसुस नगर्दासम्म हामीले राम्रो गर्यौं भन्नुको कुनै औचित्य नहुने प्रचण्डले ताए । प्रचण्डले सरकारको काम कारबाही उल्टो दिशामा त छैन भन्ने प्रश्न पनि उठाए ।
उनले करमाथि कर थोपरेर जनातको ढाड सेक्ने दिशामा त छैनौँ भन्दै पार्टी र सरकार समक्ष प्रश्न तेर्स्याए । प्रचण्डले प्रश्न गरे, ‘दलाल नोकरशाहहरुले मज्जाले एकाधिकार कायम गर्ने वातावरण बनेको त छैन ?’
आफूहरुको भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं, भन्ने घोषणा आफैंमा राम्रो कुरा भएतापनि राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने त्यसकोे ग्राफचाहिँ राम्रो नआएको बताए ।
वरिपरि बस्ने र भक्ति गाउनेहरुबाट नेताहरुसमेत खतरामा रहेको भन्दै प्रचण्डले धर्ती छोड्ने र आकाशमा पुग्ने खतरा नेतामा झन् बढी हुने टिप्पणी गरे । कर प्रणाली पनि जनताको पक्षमा नभएको उनको टिप्पणी थियो ।
प्रतिक्रिया